टोकियो/जापान ।विद्यार्थी भिषामा नागोया स्थित ESL जापानिज भाषा स्कूलमा आएका चितवनका दुर्गा बहादुर विकको आज नागोयामा अन्त्येष्टि गरिएको छ ।

जापान आएको दुईहप्ता पनि नहुदै आफनो मृत्यू आफै रोजेका बिकको आज विहान ११: ३० बजे अन्तेष्टी गरिएको एनआरएनआईसिसिका सदस्य दिपक कार्कीले जानकारी दिएका छन । बिकको अन्तेष्टीमा एनआरएन आईसिसि सदस्य दिपक कार्कि, एनआरएन जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम सितल , नागोया संयोजक मनोज बम मल्ल, बिकका साथिहरु सहित बिक अध्ययन गर्ने स्कूलका शिक्षकहरुको उपस्थितीमा शोक सभासम्पन्न भएको थियो ।

नेपाली संचालक शिवराम खडकाले संचालन गरेको होस्टेलमा पांच जना साथिहरु सगै बस्ने बिक, कोठाको बाथरुममा घाटीमा डोरीले बेरीएको अवस्थामा भेटिएका थिए । बिकको पोष्टमार्टम रिपोर्टमा आफनो मृ्त्यू आफैले रोजेको रिपोर्ट प्रहरीले आफन्तलाई दिएको छ ।बिकले किन यति कठोर र अप्रिय निर्णय गर्न पुगे यो भने स्पष्ट हुन सकेको छैन ।

चितवन जिल्ला राप्ती नगरपालिका बस्ने जित बहादुर बिक र चन्द्र कुमारी विकका साहिला छोरा २६ बर्षिय दुर्गा बहादुर बिकको जन्मभनेदोलखाको ध्यैङसुकटोकरमा भएको हो । दुई दाई एक भाई र एक वहिनी सहितको पाच सन्तान रहेको बिक परिवारमा यो घटना सुनेपछि स्तब्ध हुन पुगेका छन । आएको दुई हप्ता पनि नहुदै सबैसग मिल्ने हासखेल गर्ने स्वाभावका बिकले गरेको अप्रिय निर्णयले जापानमा रहेको नेपाली समुदयचिन्तित बनेको छ ।