मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। गलत खानपान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ। केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ।

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन्। हामी आफै सचेत भएर मात्र मृगौला सम्बन्धि समस्याबाट बच्न सकिन्छ।

यहाँ मृगौलामा समस्या कसरी आउँछ, त्यसका लक्षण के–के हुन्, मृगौला रोगबाट कसरी बच्ने, हामीले के–के खाने ? लगायतका केही जानकारी प्रस्तुत गरेका छौं। तपाई पनि जानकारी राख्नुस् र आफ्नो परिवार तथा आफन्तलाई पनि यससम्बन्धि जानकारी दिएर रोगबाट बच्नुस् ।

१ चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फे क्टिभ ग्लोमे रोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्या क्टेरिया उत्पन्न गर्छ ।

२ खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३ पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टे रियाले किड्नीलाई हानी गर्छ ।

४ पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको वि-कारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

९ दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

किड्नी जोगाउन के खाने ?

रातो च्याउ एक किड्नी मैत्री सब्जी हो, जसले किड्नीको प्रमुख कारक चिनि र मुटुसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ किड्नीका लागि लाभदायी खानेकुरा मध्ये पनि एक हो । हाइपरटेन्सनका कारण पछिल्लो समयमा किड्नी गुमाउनेको सँख्या बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । दीर्घकालिन किड्नीका रोगीले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्ने खानेकुरामा यो पर्छ

रातो च्याउ किड्नीको लागि राम्रो मात्र होइन, प्रारम्भिक चरणमा हुने किड्नी रोगको खराब असरहरुलाई समेत यसले घटाउँछ किड्नी फेल भएका बिरामीलाई रातो च्याउको फाइदा अत्याधिक देखिन्छ । रातो च्याउमा एउटा यस्तो तत्व पाइन्छ, जसले स्वाभाविक रुपमा रगतलाई बाक्लो हुन वा जम्नबाट बचाउँछ ।