काठमाडौं । बिहे भएको केही घण्टा नबित्दै बेहुलाले बेहुलीमाथि आक्रमण गरेका छन् । त्यसपछि प्रहरीले उनलाई विवाह समारोहकै क्रममा पक्राउ गरेको थियो । बेहुलाले हिंसात्मक रुप लिएपछि बेहुलीको तर्फबाट प्रहरी बोलाइएको थियो । यो विवाहमा पाहुनालाई धेरै रक्सी खुवाइएको बताइएको छ ।

वास्तवमा, बेलायती दम्पती छुट्टी मनाउन स्पेन गएका थिए। त्यहाँ उनीहरुले बिहे गर्ने योजना बनाएका थिए । विवाहको केही घण्टापछि नै बेहुलाले पार्टीमा हिंसात्मक रुप लिएर नवविवाहित श्रीमतीमाथि आक्रमण गरेको आरोप छ ।

‘द मिरर’का अनुसार घटना शुक्रबार राति ९ बजे भएको हो । बिहेपछि पार्टी चलिरहेको थियो । पार्टीमा पाहुनालाई पेय पदार्थ दिइयो। मानिसहरु नाचगान गर्दै थिए । त्यसपछि अचानक बेहुला रिसाए र बेहुलीलाई कुटपिट गरे । बेहुलालाई हिंसक भएको देखेर प्रहरी बोलाइएको थियो ।

सोही क्रममा बेहुलीले प्रहरी नपुग्दै पार्टी छाडेकी थिइन् । बिहेमा प्रहरी पुगेपछि बेहुलालाई नियन्त्रण गर्ने प्रयास गरेपनि नियन्त्रणमा आउन सकेका थिएनन् । यस्तो अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेर पार्टीबाट बाहिर निकाल्नुपर्‍यो ।

वास्तवमा, बेहुली पार्टीबाट बेपत्ता भएपछि प्रहरीले उनलाई सोधपुछ गर्न खोजेको थियो। तर दुलही केही बेरमै फेरि पार्टीमा आइन् । तर, त्यतिन्जेल प्रहरीले बेहुलालाई पक्राउ गरी आफूसँगै लगेको थियो । बेहुली र पाहुनाले दुलहालाई काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने होड चलेको छ। संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री बनाउने होड चलेको हो।

पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गैरसांसद शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियक्तु गरे।

नेकपा (एकीकृत समाजवार्दी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको सिफारिसको आधारमा प्रधानमन्त्री देउवाले कुँवरलाई मन्त्री नियुक्त गरेका हुन्। नेपालकै सिफारिसमा यसअघि २४ चैतमा गोविन्दप्रसाद शर्मा (बन्दी) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भए।

वरिष्ठ अधिवक्ता बन्दी प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १० जेठमा दायर रिटको पक्षबाट बहस गर्नेमध्येका एक जना कानुन व्यवसायी हुन्। अन्ततः २९ असार २०७८ मा बन्दीसहितले बहस गरेका मुद्दाको पक्षले जितेपछि गठित देउवा सरकारमा बन्दी पनि मन्त्री हुन सफल भए।

उनलाई मुद्दा जिताएवापत ‘मन्त्री’ उपहार दिइएको रुपमा अहिले पनि चर्चा हुने गरेको छ। त्यसअघि २२ असोज २०७८ मा देउवाले कांग्रेस पृष्ठभूमि भएका गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री नियुक्त गरेका थिए।

नातामा उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान हुन्। जबराले कार्यपालिकासँग साँठगाँठ गर्दै जेठान हमाललाई मन्त्री बनाउन सिफारिस गरेको अझैसम्म चर्चा हुने गरेको छ । तर, सर्वत्र विरोध भएपछि हमालले २ दिनमै राजीनामा दिए। हाल बन्दी र कुँवर मन्त्री छन्।