काठमाडौँ : गत मङ्सिर ५ गतेदेखि चलिरहेको बृहस्पति र शनिको योग मङ्गलबार चैत्र २४ गतेदेखि समाप्त भएको छ । अहिले मकर राशिमा शनि एक्लै छ । बृहस्पति र शनिको योग धेरै जातकका लागि खासै राम्रो रहेन । यस संयोगको कारण पुष-माघ महिनामा धेरै जातकले समस्या झेल्नुपरेको थियो । मानिसहरुले स्वास्थ्य, आर्थिक स्थिति देखि जागिर लगायतका क्षेत्रमा अनेक समस्याहरु सामना गर्न परेका थिए ।

बृहस्पति धर्मको स्वामी हुन् र शनि कर्मको स्वामी हुन् । जब पनि यी ग्रह एक साथ आउँछन् तब महाबली योग बन्छ । टर दुवै ग्रह एक साथ अस्त अवस्थामा थिए जसको कारण यस पटक त्यति स्थिति सिर्जना भएन । ज्योतिषीका अनुसार अब यी दुवै अलग भएपछि स्थिति सुध्रिनेछ । यो संयोग सकिएसँगै तपाईको राशिमा के प्रभाव पर्नेछ त ?

मेष राशि : मेष राशिका जातकले करियरमा राहत महसुस गर्नेछन् । तपाईले सफलताका प्रशस्त मार्गहरु भेट्टाउनुहुनेछ । तपाईले सफलताको शिखर चुम्न प्रयासरत हुनुहुनेछ र तपाईलाई भाग्यले पनि साथ दिनेछ । धनको मामिलामा तपाई भाग्यशाली रहनुहुनेछ ।

वृष राशि : आगामी ५ महिना वृष राशिका लागि धेरै राम्रो रहनेवाला छ । करियर, व्यवसाय, भाग्य र धनबाट तपाईलाई भरपूर लाभ मिल्नेवाला छ । यहीँ समयावधिमामा तपाईले केही ठुलो निर्णय लिनुहुनेछ जसबाट तपाईलाई फाइदा हुनेछ ।

मिथुन राशि : करियर, व्यवसाय र धनमा केही हलचल आउनेछ । पैतृक सम्पत्तिको विवाद र अड्डा-अदालतको चक्करबाट टाढै रहनु वेश हुनेछ। छिमेकीसँग विवादमा नफसेकै राम्रो हुनेछ । करियरलाई सही ढङ्गले अघि बढाउन तपाईले आफ्नो रिसलाई नियन्त्रण गर्नुपर्नेछ । शिव भगवानको उपासना गर्नुहोला ।

कर्कट राशि : करियर र व्यवसायबाट भारी लाभ प्राप्त हुने सङ्केत छ । परिवारका सदस्यसँग सम्बन्ध सुमधुर बनाइराख्नुहोला । यस बाहेक आफ्नी पत्नी र ससुराली खलकसँग राम्रो सम्बन्ध स्थापित गर्नुहोला ।

सिंह राशि : करियर र व्यवसायमा कुनै शत्रुबाट छुटकारा पाउनुहुनेछ । पुराना समस्याबाट मुक्ति पाउनुहुनेछ । नयाँ मार्गहरु खुल्नेछन् । कुनै नयाँ जागिरको प्रस्ताव आउन सक्छ । धन लाभको सङ्केत देखिन्छ । जीवनसाथीको भरपूर सहयोग पाउनुहुनेछ । शनि चालिसा पाठ गर्नुहोला ।

कन्या राशि : करियरमा सफलता हात पार्नुहुनेछ । प्रेम विवाहको सम्भावना धेरै छ । सन्तान प्राप्तिका लागि प्रयास गरिरहेकाले सफलता पाउनेछन् । लगानी गरेको क्षेत्रबाट भारी लाभ पाउनुहुनेछ । उच्च शिक्षामा तपाई अध्ययनमा सुधार आउनेछ ।

तुला राशि : घर, गाडी, बङ्गलासँगसम्बन्धी कुनै निर्णय लिनुहुनेछ जसले लाभ नै हुनेछ । पैतृक सम्पतिबाट पनि लाभ मिल्ने सम्भावना छ । धान लाभ हुनेछ। करियरमा प्रोमोसनको योग छ ।

वृश्चिक राशि : करियर र व्यवसायमा आत्मविश्वास बढ्नेछ । भाई-बहिनीको तर्फबाट सहयोग मिल्नेछ । पैतृक सम्पत्ति र सानोतिनो यात्राबाट लाभ पाउनुहुनेछ।

धनु राशि : रिस र वाणीमा नियन्त्रण गरे करियर र व्यवसायमा लाभ पाउने देखिन्छ । अन्यथा नोक्सानी ब्होर्नुपर्नेछ । धैर्यपूर्वक र बिस्तारै आफ्नो काम गर्नुहोला, सफलता मिल्नेछ ।

मकर राशि : करियर र व्यवसायमा सफल हुँदा आत्मविश्वास बढ्नेछ । बिग्रिएका र रोकिएका कामहरु पूरा हुनेछन् । उच्च पदमा आसिन व्यक्तिले तपाईलाई सहयोग गर्नेछन् ।

कुम्भ राशि : कुम्भ राशिका जातकको धन हानि हुनेछ । ऋण लिने या दिने काम नगर्दा वेश हुनेछ । तपाईको जीवनमा लफडै-लफडा आउनेछ। पति-पत्नीबीच विवाद बढ्नेछ । खर्च बढ्ने सङ्केत देखिन्छ । स्वास्थ्य समस्याले तपाईलाई पिरोल्नेछ, बेलैमा सचेत रहनुहोला ।

मीन राशि : मीन राशिका जातकले भरपूर लाभ पाउने वाला छ । कुनै राजनेता या कुनै उच्च पदमा आसिन व्यक्तिले तपाईलाई भरपूर सहयोग गर्नेछन् । साथीभाईले सक्दो मद्दत गर्नेछन् । आर्थिक रुपबाट धेरै फाइदा हुनेछ । आगामी पाँच महिना लगानीबाट धेरै फाइदा लुट्नुहुनेछ । धर्म-कर्ममा ध्यान बढाउनुहोला । माता पिताको सेवा गर्नु नै धर्म हुनेछ ।