नेपाली बजारमा लोकप्रिय मोटरसाइकल कम्पनी बेनेलीले नयाँ बर्षमा मोटरसाइकल पारखीको लागि नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ। इन्ट्री लेवल कार भन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ‘७५२ एस’को नेपालमा विक्री गरेको हो ।

नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली ७५२एसलाई नेपाली बजारमा उतारेको हो ।इटालियन मोटरसाइकल निर्माता कम्पनी बेनेलीको मिडसाइज नेकेड मोटरसाइकल ७५२ एसमा ७५० सीसी डबल सिलिन्डर,लिक्वीड कुल्ड इन्जिन दिइएको छ ।

जसले ८५०० आरपीएमा ७६ हर्सपावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । यसले प्रदान गर्ने पावर धेरै इन्ट्री लेवल कारभन्दा धेरै हो ।६ स्पीडको गियरबक्स फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा एड्जष्टएबल मोनोशक सस्पेन्सन , फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा २६० एमएमको फोर पिस्टन क्यालिपर ब्रेक बिशेषता रहेको छ ।

त्यस्तै १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटिक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ ।नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।