उच्च अदालत पोखराले जब’रजस्ती कर’णीको आरोप लागेका मोडल एवं अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी
नवलपरासी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । विहीबार (आज) बहसपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र उज्ज्वल शुक्लको संयुक्त इजलासले तनहुँ र पूर्वी
नवलपरासी जिल्ला अदालतको आदेशलाई नै सदर गरेको हो । अभिनेता शाहले साधारण तारेखमा रिहा गर्नका लागि गरेको मागलाई अदालतले अस्वीकार गरेको हो ।
अब कम्तिमा फैसलासम्म अभिनेता शाह थुनामै रहने भएका छन् । अभिनेता शाह पक्षधरले बाहिर बसेर
मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । आज भएको सुनवाइमा ‘पीडित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले
बहस गरेका थिए, भने अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए