नेपालगञ्जस्थित धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा आज (बिहिबार) राजावादी समूह र प्रहरीबीच झ“पड हुँदा ९ जना प्रहरी जवान घा`इते भएका छन् ।

सशस्त्र प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर शाही, प्रहरी सहायक निरीक्षक गञ्जबहादुर घर्तीमगर, हवल्दारद्वय लक्ष्मी चौधरी र जसीप्रसाद जोशी र प्रहरी सहायक हवल्दार रेशम राना घा`इते भएका हुन् । त्यस्तै, जवानहरू मञ्जु दर्जी, प्रकाश थापा, रामकुमार चौधरी र टिकाराम रिजाल पनि झपडमा घा`इते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ । वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि त`नाव सिर्जना भएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे। स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड ह“वाई फा“ यर समेत गरेको उहाँले बताउनुभएकाे छ ।

राजावादी समूहले त“नावका बीच स्थापना गरेको शालिक केहीबेरमै प्रहरीले हटाएको छ । प्रहरीले शालिक हटाएपछि आ“क्रो“शित बनेको समूहले न्युरोडस्थित सेतु बिकको शालिकमा पनि तो“डफो“ड गरेको छ । उक्त शालिकको निधारमा क्ष“ति पुगेको प्रहरीले जनाएकाे छ ।’शालिक तो“डफोडमा संलग्न रहेको भन्दै प्रहरीले केहीलाई भने प`क्रा`उ गरेको छ ।