जेठ १९ गते | आज बिहिवार बढ्याे सुनकाे भाउ, यस्ताे छ आज आजकाे भाउ साताकाे पाँचौ दिन आज जेठ १९ गते बिहिवार सुन र चाँदी दुवैकाे भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बिहिवार १५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ताेलामा १५ रुपैयाँले बढ्दै १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।