विष्णुदेवी किस्मीलाई च्यापेर माइत फर्किइन् । छोरी र नातिनी पाल्ने जिम्मा उमासराको काँधमा आयो ।
नातिनी नजन्मिँदै उमासराले भारतीय सेनामा कार्यरत श्रीमान् गुमाइएकी थिइन् । पेन्सन बुझेर जीविका चलाइन् । छोरी र नातिनीलाई आफ्नै भरमा राखिन् । किस्मी पढाईमा सानैबाट तेज थिइन् । पेन्सन बुझेको पैसाले उमासराले नातिनी पढाइन् । विष्णुदेवीले अर्को बिहे गरेपछि झन् नातिनीभन्दा बढी छोरीकै रूपमा किस्मीलाई उनले अपनाइन् ।

किस्मीले गाउँकै विद्यालयबाट एसईई र वालिङबाट १२ कक्षा उत्तीर्ण गरिन् । विद्यालय हुँदैदेखि उनको लक्ष्य थियो, एयर होस्टेस बन्ने । उनका मामाका छोरा अमर परियारका अनुसार हजुरआमा र मामाहरूले उनलाई एयर होस्टेस नबन्न भनेका थिए । किस्मीले मानिनन् । आफ्नो ‘सपना’ पूरा गरेरै छाडिन् । पोखरामा एयर होस्टेसको कक्षा लिइन् । ‘उहाँको पहिलेदेखि यही बन्छु भन्ने सपना थियो,’ पोखरा विमानस्थलमा सोमबार उनले भने, ‘पछि पनि सबैले सकेसम्म यो काम छोडिदिए हुन्थ्यो भन्नुभएको थियो ।’

उमासरा हक्की स्वभावकी थिइन् । अनुभव र व्यवहारले खारिएर अनेक दु:ख अड्चनलाई पार लगाउँदै आएकी उनी समाजसेवामा पनि सक्रिय थिइन् । गाउँ, टोल, छरछिमेकले उनको कुरा खान्थे । किस्मीमा ठयाक्कै उनकै गुण सरेको अमर बताउँछन् । ‘हजुरआमा कसैसँग नडराउने, आँटिलो, मिहिनेती हुनुहुन्छ,’ उनले भने, ‘दिदीको स्वभाव पनि त्यस्तै थियो ।’ किस्मीको प्रेरणाको स्रोत नै उनको हजुरआमा थिइन् ।

२७ वर्षीया किस्मी घुम्न खुब रुचि राख्थिन् । नयाँ ठाउँ घुम्ने, साहसिक गतिविधिमा रमाउने साेख थियो । गत साता काठमाडौंमा ब’ला’त्कार तथा यौ’न’ हिंसा’विरु’द्धको प्रद’र्शनमा उनी सहभागी भएकी थिइन् । टिकटकमा भिडियो राख्दै उनले महिला सश’क्तीकरणका लागि आर्थिक रूपमा आत्म’निर्भर हुनुपर्ने सन्देश दिएकी छन् । बुबाले आफ्नो नामबाट नागरिकता बनाइदिन नमान्दा उनले लडेरै लि’एकी थिइन् । सबैले मनीषा भनेर बोला’उने उनले’ किस्मी थापाको नामबाट नागरिकताको प्रमाणपत्र बनाइन् ।

पाँच वर्षअघि उनले यती एयरलाइन्समा जागिर सुरु गरिन् । यतीले उनलाई भगिनी संस्था तारा एयरमा पठायो । उनले एयर होस्टेसका रूपमा काठमाडौं–लुक्ला, पोखरा–जोमसोम, नेपालगञ्ज–रारालगायत रुटमा धेरै उडान भरिन् । केही समयअघि उनले आमा र हजुरआमालाई डोल्पा घुमाउन लगेकी थिइन् ।

मावली घरमा हुर्किएर पढेकाले मामाको छोराछोरीलाई पढाउने जिम्मा आफ्नो पनि भएको उनले महसुस गरिन् । बहिनी शर्मिला र भाइहरू आरजु र दिवसको पढाइ खर्च बेहोरिन् । शर्मिलाले पोखराबाटै १२ कक्षा उत्तीर्ण गरिन् । दिवसले काठमाडौंमा १२ को परीक्षा दिएर बसेका थिए भने आरजुले १२ को परीक्षा दिइरहेका छन् । किस्मीले कमाइरहेकी थिइन् । उनकी आमा गएको चुनावमा दलित महिला वडा सदस्यमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । सबैतिर राम्रो भइरहेको थियो । आइतबार जहाज ‘दुर्घ’टना’को खबर सञ्चारमाध्यमबाट सुन्दा म’ल्याङकोटमा सन्नाटा छायो । सबै खुसी क्षणभरमै ढल्यो ।