मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दु”र्घटनामा ज्यान गु”माएका २२ जनाकै श”व भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दु”र्घटनामा परेर मृ”त्यु भएको छ । विमानमा सवार सबै जनाको श”व भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रह”री, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घ”टनास्थल पुगेर दु”र्घटनामा परेर ज्यान गुमाएकाको श”व सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका-७ का विशाल घर्तीले घटनास्थल देखेर प्र”हरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दु”र्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्र”हरीलाई घ”टनास्थलको फोटो र भिडियो पठाइदिएका थिए ।

उनका अनुसार १० जनाको श”व सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी श”वलाई समेत घ”टनास्थलबाट कोवाङमा झारिएको छ । दु”र्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दु”र्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए । कोबाङमा ल्याइएका १२ जनाको श”वलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दु”र्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका श”व र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पौनुहोस।