अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा चुनाव सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई तालिमसमेत दिएर विभिन्न क्षेत्रका काममा प्राथमिकता दिइने बताउनुभयो ।

म्यादी प्रहरी बनेकाहरूलाई लक्षित गरेर विकास निर्माण, सीप विकास लगायतका कार्यक्रम ल्याइने अर्थमन्त्री शर्माले बताउनुभयो ।

याे पनि,सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।