कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ । मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध प्रदर्शन गरेका हुन् ।

कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दु` र्व्य“वहार गरेको भन्दै प्रहरीले एक युवकलाई प`क्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।

अ`भ`द्र व्य“वहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थ“ प्प`ड हानेकी थिइन् । प`क्राउ परेका व्यक्ति तामाङ भि`क्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै वि`रोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका युवाहरूले अभिनेत्री मगरले मा`फी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत ज“ ला“ एका थिए । हाल त्यहाँ ६०-७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।