१५ जेठ, पोखरा ।

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।

नेपाली सेनाको टोली घ’टना’स्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

यो पनि पढ्नुहोस

पोखरा, जेठ १५ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन भएपछि पोखरा एयरपोर्टमा आफन्तको रुवाबासी चलेको छ । आज बिहान मुस्ताङका लागि उडेको बिमान केही समयमै सम्पर्कबिहीन भएको थियो । बिमान मुस्ताङको लेते आसपास दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

खराव मौसमका कारण हवाई खोजी संभव नभएपछि बिमान चालकको मोवाइलमा घण्टी गएकोले त्यसैका आधारमा खोजी अघि बढाएको छ । बिमान हराएको सूचनापछि पोखरा बिमानस्थलमा भने आफन्तको रुवावासी चलेको छ । फोटो पत्रकार युनिश गुरुङले लिनुभएको यो तस्विर समाधान न्यूजबाट साभार गरिएको हो ।

लार्जुङबाट पनि फर्कियो आर्मीको उद्दार टोली

जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन ।

लार्जुङका स्थानीय वीरेन्द्र लामिछानेकाअनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । उनले भने, ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।