काठमाडौँ – पछिल्लो २४ घण्टामा २८८ कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार हजार ७१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ रहेको छ । हाल नेपालमा २ हजार ६१५ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा कूल ११७ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै, कास्कीमा ३३ सङ्क्रमित फेला पर्दा, रुपन्देहीमा १६, दाङमा १४, सुर्खेत र मोरङमा १३-१३, ललितपुर र बाँकेमा ९-९, पर्सामा ८, पाल्पामा ७, चितवन, बर्दिया र कैलालीमा ५-५, झापा, काभ्रेपलान्चोक, भक्तपुर, बागलुङ, कपिलवस्तु र रोल्पामा तीन÷तीन नवलपरासी, नुवाकोट र सुनसरीमा दुई÷दुई जना संक्रमित भेटिएका छन्।

त्यस्तै, खोटाङ, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, मकवानपुर, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, म्याग्दी र जाजरकोटमा एक÷एक जना संक्रमित फेला परेका छन् ।

प्रदेशगतरुपमा प्रदेश नं १ मा २०, प्रदेश नं २ मा ११, वाग्मतीमा १४१, गण्डकीमा ३८, लुम्बिनीमा ५९, कर्णालीमा १४ र सुदूरपश्चिममा ५ सङ्क्रमित फेला परेका छन् ।