१४ जेठ सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिकाले कक्षा १२ पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई सम्मानस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले शुक्रबार पदभार ग्रहण गर्दै पालिकाभित्रका छोरीहरुले उच्च शिक्षा पुरा गरी २० वर्ष पारी विवाह गरे सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने पहिलो निर्णय गरेका हुन्।

सो पालिकामा वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताए।

‘हाम्रो पालिकामा वर्षेनी ५० भन्दा बढी बालविवाह, २० भन्दा कम उमेरमा भागी विवाहको घटना हुने गरेको छ’ उनले भने, ‘त्यसलाई निरुत्साहित गरि अवसरको रुपमा शिक्षाको मूलधारमा ल्याउन र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरेका हौं।’

काठमाडौं । आशा गरिएका काठमाडौं महानगरपालिकाको नयाँ मेयर बालेन साहकालाई काठमाडौंको फोहोर व्यवस्थापन टाउको बन्ने देखिएको छ । फोहोर व्यवस्थापनको समस्या हल नभई माला, खादा नलगाउने र अन्तरवार्ता समेत नदिने भन्दै सुरुकै दिन देखि काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न तर्फ कस्सिएका बालेनका लागि यो कठिन हुने देखिएको हो ।