डोटीबाट भर्खरै आयाे यस्ताे दु:खद खबर !

डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दुर्घ`टना हुँदा आठ जना घा`इते भएका छन् ।

सायलबाट दिपायलका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप आज बिहान दुर्घ`टनामा परेकाे हाे । दुर्घ`टनामा परि घा`इते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयाे ।

गम्भीर घा`इते भएका दुवै जनालाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको छ । अन्य घा`इतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा १४ जना रहेका प्रहरीले जनाएको छ।

जीप चालकलाई नियन्त्रणमा लिइएको र घ`टनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

याे पनि, सल्यानमा यात्रुवाहक बस दुर्घ`टना हुँदा १० जना घा`इते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घ`टनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घ`टनामा परी घा`इते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।

घा` इतेमध्ये सात जना बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर भित्तामा ठो`क्कि`एको प्रहरीले बताएको छ । बसले मोटरसाइकललाई समेत ठ`क्क`र दिएको थियो ।