काठमाण्डौं । आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् ।यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ । आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन् । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ । त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ ।

धेर पानी पिउँदा
धेर पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन् । तर धेर पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेर काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ ।

राति उठ्ने
आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।

मसलायुक्त खानेकुरा
धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ ।

शारीरिक निष्क्रियता
आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् उनीहरू । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।

मलत्यागमा अनियमितता
केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन् । यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ । यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ । डिप्रेसन, धेरै नूनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ । तपाईं सधैं जवान रहन चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पु–याउनुस् । एजेन्सी

यो पनी पढ्नुहोस्ः यस्ता छन् ब्रोकाउली खानुका फाइदै फाइदा

काठमाडौं । प्राय हामीले ब्रोकाउलीको तरकारी खाने गर्दछौं । ब्रोकाउलीको तरकारी खाँदा जति मिठो हुन्छ त्यतिकै स्वस्थ्यकर पनि मानिन्छ । स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान प्रतिवेदन अनुसार ब्रोकाउली तरकारीको रुपमा मात्र होइन औषधिको रुपमा पनि उपयोग गर्न सकिने देखिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषदको प्रतिवेदन अनुसार ब्रोकाउलीको तरकारी नियमित खानसके मुटुसँग सम्बन्धित रोग न्यूनीकरण हुने, क्यान्सर हुने खतरा कम हुने, मानिसलाई डिप्रेसनको खतराबाट जोगाउने लगायतका तथ्य प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

ब्रोकाउली लोकप्रिय तरकारी मध्येको एक हो ब्रोकाउली । यो धेरै गुणहरुले भरिएको हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु अत्याधिक मात्रामा पाइन्छ । यसमा नुनिलो पदार्थ पनि पाइन्छ । जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलित बनाई राख्नमा सहयोग गर्छ ।

ब्रोकाउलीलाई तपाई विभिन्न तरिकाले खानामा समावेश गर्न सक्नु हुन्छ ।जस्तै सलाद, ब्रोकाउलीको सूप अथवा तरकारी बनाएर पनि खान सकिन्छ । साथै यसलाई हल्का वाफमा उसिनेर खान सकिन्छ ।

यस्ता छन् ब्रोकाउली खानुको फाइदाहरुः
डिप्रेसनबाट जोगाउँछः ब्रोकाउलीको सेवनले डिप्रेसनको खतराबाट जोगाउँछ । ब्रोकाउलीमा शरिलाई आवश्यक ‘फोलेट’ कम मात्रामा सेवन गर्नाले डिप्रेशनको खतरा बढ्ने हुन्छ । ब्रोकाउलीमा ‘फोलेट’ भन्ने तत्व भरपूर मात्रामा पाईन्छ । साथैँ यो मानसिक स्वास्थ्यका लागि लाभदायी छ ।

गर्भावस्थामा अति उत्तमः गर्भावस्थामा ब्रोकाउली खानु धेरै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुले नियमित रूपमा ब्रोकाउली खानु पर्छ । यसमा पाईने तत्वले बच्चाको स्वास्थ्य र विकासको लागि फाइदा जनक हुन्छ । साथै यसले आमालाई पनि विभिन्न रोगको सक्रमणबाट टाढा राख्छ ।

हृदयघात हुनबाट जोगाउँछः मुटुसँग सम्बन्धित रोगबाट बचाउन ब्रोकाउलीमा ‘क्यारेटेनोइड्स ल्यूटिन’ पाईन्छ । यसले मुटुको धमनिहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले हृदयघात हुनबाट जोगाउँछ । ब्रोकाउलीले शरिरको ‘पोटाशियम कोलेस्ट्रोल’को स्तरलाई बढ्नबाट रोक्छ ।

क्यान्सर हुने खतरालाई कम गर्छः ब्रोकाउलीको सेवनले क्यान्सर हुने खतरालाई कम गर्छ । ब्रोकाउलीमा ‘फिटाकेमिकल’ अत्यधिक मात्रामा पाइन्छ । यसमा पाइने तत्वहरुले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ ।