काठमाडौं । भर्खरै महशुश गरिएको भूकम्प ५.४ म्याग्निच्यूडको रहेको बताएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको बताएको छ । भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ।

साथै कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटानलगायत क्षेत्रमा यसको धक्का महसुस भएको छ। सोमबार राती ९ः१० बजे भूकम्पको धक्का महशुर गरिएको हो । सो भूकम्पको धक्का राजधनीमा समेत महशुस गरिएको थियो । सुनसरी, मोरङ, भोजपुर, खोटाङ सङ्खुवासभासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । पूर्वमा भने करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् ।

वर्षौँपछि दिलीप र निरूताको भेट, रसाए निरूताका आँखा (भिडियो)
चलचित्र दर्पण छाँयाबाट लोकप्रियता कमाएको जोडी हो दिलीप रायमाझी र निरुता सिंहको जोडी । नेपाली चलचित्रको इतिहासमा सबैले सम्झने नाम दर्पण छाँयामा एकसाथ काम गरेर लोकप्रियता कमाएको यो जोडीलाई दर्शकले यसरी मन पराए की उनीहरूको जवनकै एउटा मोड थियो ।

नायिका निरुताले यो कुरा आफै स्वीकार गरेकी छन् । दर्पण छाँयावाट हाम्रो जीवनमा नयाँ मोड आयो । त्यो हाम्रो लाइफकै टर्निगं प्वाइन्ट थियो, उनले एक अन्तरवार्ताका क्रममा भनेकी छन्, हामी विभिन्न रूपमा परिचित भयौँ ।यसै क्रममा दिलीपले भने, तपाईँलाई नराम्रो देख्ने मान्छे अहिले सम्म भेटेको छैन । तर निरुताले भने दिलीपलाई भेटे भने अब गाली गर्छु भनेर आएको थिए ।

म गाली गर्छु । उनले दिलीपले आफूलाई मेन्टेन नगरेको देख्दा रिस उठेको बताएकी छन् ।त्यती राम्रो नाच्ने, कलाकारीता गर्ने मानिसले आफुलाई मेन्टेन नगरेको देखेर मलाई दुख लागेको छ, निरुताले यसो भन्दा दिलिपले रमाइलो पाराले भने म त खादा पनि लुकेर खानु परेको थियो ।