काठमाडौँ । ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। अहिले पनि नेपालको एक मात्र हाँस्ने र हँसाउने रियालिटी शो कमेडी च्याम्पियनकी जज् पनि छिन्। कमेडी च्याम्पियनको पहिलो श्रृङ्खलामा जज बनिसकेकी ऋचाले दोस्रो श्रृङ्खलामा पनि जज्को भूमिका निर्वाह गरिहेकी छिन्।

धनगडीको सामान्य परिवारमा जन्मिएकी ऋचाले अहिले रानीको जस्तो विलासी जीवनशैली विताइरहेकी छिन्। चलचित्र तथा मोडलिङ क्षेत्रमा लामो संघर्ष र प्रयासपछि आफूलाई स्थापित गर्न सफल बनेकी ऋचाले उद्यमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी छिन्।

राणा परिवारकी बुहारी बनेर भित्रिएकी ऋचा करोडौँ सम्पत्तिकी मालिक हुन्। उनीसँग करोडौँ रुपैयाँको सम्पत्ति छ। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्। उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरी लोकप्रिय बनेकी थिइन् ।

उनले नेपाली चलचित्र फस्ट लभ (२०१०)बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्। सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।

उनी सन् २०१२ मा युवा-केन्द्रित चलचित्र भिसा गर्लमा काम गरेकि थिइन् । उनले पनि सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र टलकजङ भर्सेर टुल्केमा पनि काम गरेकी थिइन्। त्यसपछि उनी आफैले चलचित्र पनि निर्माण गरिन्।उनले निर्माण गरेकी चलचित्र सुनकेशरीले पनि निकै राम्रो चर्चा पाएको थियो। भिडियो