काठमाडौं । तनाव कसलाई मन पर्छ र ? तर कहिलेकाहीँ हामीले नचाहँदा नचाहँदै पनि तनावले सताईरहन्छ । यसबाट छुट्कारा पाउनको लागि मानिसले अनेकन उपाय अवलम्बन गर्छन् तर निरर्थक हुन्छ । यसो किन हुन्छ भन्ने विषय खोजकै विषय होला । तर शास्त्रअनुसार ससाना कामहरु जुन हामी भूलवश गरिरहेका हुन्छौं तिनका कारणले पनि हाम्रो जीवनमा बहार नआएको हुनसक्छ । त्यसकारण हामीले केही टिप्स यहाँ प्रस्तुत गरेका छौँ । एउटा घर सफल बनाउन ८० प्रतिशत भूमिका महिलाको हुन्छ। अझ कामकाजी महिलाको लागि घर, अफिस, बालबच्चा, आफ्नो लागि समय व्यवस्थापन गर्नु निकै अप्ठेरो मामिला हो । नेपाली समाजमा महिलालाई घरको लक्ष्मी मानेर विभिन्न स्वरुपमा पूजा गरिन्छ । त्यसैले विवाहपछि महिला जसको घर जान्छिन् त्यस घरको भाग्य र सफलता उनीसँग जोडेर हेरिन्छ । त्यसैले धर्मशास्त्रमा महिलाहरुले केही काम गर्नु हुँदैन भनेर समेत उल्लेख गरिएको छ ।

महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । कतिपय महिलाहरुको बानी हुन्छ कि रातको समयमा कपाल खोलेर सुत्ने तर यस्तो गर्नुलाई शास्त्र अनुसार गलत मान्ने गरिन्छ । तर कसिलो गरेर बाँध्नुपर्छ भन्ने हो । केही हलुका खुकुलो गरी अल्झाउनुहोस् तर असरल्ल झाँक्रो फिँजाएर सुत्दा तपाईमा नकारात्मक उर्जा उत्पन्न हुन्छ ।

सूर्यास्त पछि कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन ।

रातमा जुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन ।

घरमा झगडाको स्थिति निम्त्याउनु हुँदैन । आपसी समझदारीमा सरसल्लाहमा टुंगो लाग्ने विषय ठूलो बनाउनु हुँदैन ।

राति सुत्नुअघि भान्छामा अंखरा र करुवामा पानी भरेर राख्नुपर्छ । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।

राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ । रेक साँझ पूजा घर वा देव स्थानमा दियो बालेर प्रसन्न मुद्रामा बत्ति बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।

साँझमा कुच्चो लगाउनु हुँदैन । रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिणपश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ हुन्छ भन्ने विश्वास छ । हिन्दू धर्मका अनुसार घरमा राखिएको कुच्चोमा पनि लक्ष्मीको वास रहेको हुन्छ।

पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु हुँदैन । दायाँ बाया राख्नु ठिक हुन्छ ।

पतिपत्नीको सम्बन्ध राम्रो बनाउन सयन कोठामा कपूर बाल्नुपर्छ ।

घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राखि बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पन्न भएका नकारात्मक उर्जा बाहिर निकाल्न मद्दत गर्छ ।

रातिको समयमा सडक चौबाटोमा हिँड्नुहुँदैन । यस्तै रातिको समयमा मसानघाटमा नकारात्मक उर्जा सक्रिय हुने हुँदा तपाईको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यो काम नगर्नु राम्रो हुन्छ ।

रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्नु हुँदैन ।

सुत्नुभन्दा पहिला आफ्नो गोडा धोईआफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पारेर सुत्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।

घरमा भएका आमाबुबाको उच्च सम्मान गर्नुपर्छ । घरमा रहेका बालबालिका वृद्धा र अशक्तता भएका सदस्य सुतिसकेपछि मात्र सुत्नु राम्रो मानिन्छ ।

समुन्द्रशास्त्र अनुसार हातखुट्टा लामो भएका, टाउको ठूलो भएका महिलाहरुलाई भाग्यशाली मानिन्छ । जुन महिलाको कान लामो हुन्छ, निधारमा कोठी हुन्छ, नाइटो गहिरो हुन्छ त्यस्ता महिला निकै भाग्यशाली हुन्छन् ।