मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

समय सुध्रिँदै आएको छ । खर्चको मात्रा केही बढे पनि प्रशस्त आम्दानी हुनाले खास समस्या पर्ने छैन । सुरुका दिनमा अलि–अलि मनमा डर लागिरहला तर सोमबारदेखि नै त्यो शङ्का र डर हटी कर्म क्षेत्रमा डट्नुहुनेछ । बाह्य व्यापारबाट मनग्गे आम्दानी हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पूर्वाद्र्ध त्यति राम्रो देखिन्न । अनेकौँ समस्यासँग सङ्घर्ष गर्नुपर्ला । स्वास्थ्यस्थितिसमेत यो साता राम्रो रहने देखिन्न । बिहीबार र शुक्रबारमात्र राम्राखालका छन् । साताको प्रारम्भमै शिवजीको दर्शन र आराधना गर्नुहोस् । त्यस्तै गणेश पनि पुजनीय छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सुरुका दुई दिनमा कुनै गतिला काम बन्न सक्छन् तर सोमबारको अपराह्नदेखि जटिल समस्या खडा हुन सक्छ । शिवजीको आराधनाबेगर त्यो समस्या हल गर्न गाह्रो छ । मद्दत दिनेभन्दा रिस गर्नेको सङ्ख्या बढी छ । पारिवारिक चिन्ताले समेत यो साता सताइरहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

बुधबारसम्मका दिन राम्राखालका छन् । खर्च बढे पनि आम्दानी मनग्गे हुनाले खास समस्या पर्ने छैन । बौद्धिक बलभन्दा भौतिक बलले नै काम गर्नेछ । रिस गर्नेको सङ्ख्या बढी भएकाले बङ्गलामुखीको आराधना गरिरहनुहोस् । शिक्षा क्षेत्रमा हाल ठूलो प्रगति छैन ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सुरुका दिनमा सोच्दै नसोचेको काममा खर्च भएर मन खिन्न होला । तर, सोमबारको अपराह्नदेखि खर्चमा नियन्त्रण भई केही आर्थिक लाभसमेत हुन सक्छ । व्यापार व्यवसायको काममा अवरोध खडा होला कि जस्तो छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्वास्थ्य त्यति राम्रो रहलाजस्तो छैन । त्यसैले पूरा गर्नुपर्ने लक्ष्यमा विलम्ब हुन सक्छ । मद्दत दिनेको सङ्ख्या थोरैमात्र छ । पारिवारिक स्वास्थ्यले समेत खर्च बढाउला । इन्द्राणीको सेवाले त्यस्ता अप्ठेरा पार गर्न सकिनेछ । भैरवको दर्शन पनि गरिरहनुहोस् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सुरुका दुई दिनमा निकै काम बन्नेछन् । त्यसपछि भने अलि–अलि स्वास्थ्य बाधा खडा हुन सक्छ । सानोतिनो चोटपटकसमेत यो साता लाग्ला कि जस्तो छ । मङ्गलबारको दिन गणेशको दर्शनले त्यस्ता बाधालाई हटाउन सकिनेछ । व्यापारमा बढी फाइदा हुने छैन ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अलि–अलि खर्च बढे पनि साता नराम्रो खालको छैन । सम्मान र प्रतिष्ठा त बढ्ने देखिन्न तर व्यावसायिक कामबाट राम्रो प्रगति होला । मित्रहरूको सङ्ख्या बढी नै रहेको छ र उनीहरूको सहयोगले समेत निकै काम बन्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सुरुका दिनमा भोजभतेर पर्नेछन् । त्यस्तै नातेदार र इष्टमित्रसँग समेत भेटघाट हुन सक्छ । उनीहरूको सल्लाहले गतिलो काम गर्न पनि सकिएला । पढाइको क्षेत्रमा राम्रो समय आएको छ । केही नयाँ विषयको ज्ञान सिक्ने इच्छासमेत पूरा होला कि जस्तो छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

खर्च बढे पनि राम्रो काममै हुनाले त्यति समस्या पर्ने साता छैन । मद्दत गर्ने मित्रहरू प्रशस्त भेट्टिनेछन् । शिक्षाको क्षेत्रमा समेत हाल राम्रो प्रगति देखापर्छ । व्यापार र व्यवसायले साथ दिइरहला । तपाईंको प्राविधिक प्रतिभाको समेत सबैतिर प्रशंसा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

खर्च त बढ्ला तर आम्दानीको स्रोतसमेत गतिलो हुनाले समस्या पर्ने छैन । हातले समातेको व्यापार र व्यवसायले निकै फाइदा दिनेछ । शिक्षाको क्षेत्रमा मध्यम प्रगतिमात्र छ । लामो विदेश यात्राको सम्भावना हाल छैन । दाम्पत्य जीवन पनि राम्रोखालको रहला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मध्यमखालको साता छ । आधा काम बन्लान् भने आधा बाँकी रहनेछन् । सोचेकोभन्दा बढी नै खर्च हुन जाला । मद्दत गर्ने मित्रहरू नभए त समस्याले धौ–धौ नै पार्न सक्छ । देवी र शिवजीको सेवाले आउन सक्ने बाधा टार्न सकिनेछ । परिवारको मद्दत मिलिरहला ।