मेरो पहिलो म’हिनावा’री चौध वर्षको उमेरमा भएको थियो। त्यो बेला म कक्षा सातमा पढ्थेँ। जाडोयाम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो।

त्यो दु’खाइ अन्य बेलाभन्दा अलि फरक थियो। ग्यास्ट्रिकले दुखे’को होला भनेर मैले त्यति वास्ता गरिनँ। तर स्कुलमा हुँदा नै दिउँसोतिर मलाई महि’नावारी भयो।

सुरूमा त महि’नावारी भएको हो कि होइन भनेर झुक्किएकी थिएँ। साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाएकाले म धेरै आत्तिइनँ।

महि’नावारी भएको थाहा पाएपछि आमालाई सुनाएँ। बरू आमा उल्टै आत्तिनुभयो। उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै डरलाग्दो विषय थियो।

भिडियोमै हेर्नुस्: