एउटा सुशील बुहारीको प्रवेश होस् भने सबै घरका मान्छेलाइ चाहाना हुन्छ, तर भने कतिपय घरमा राम्रा बुहारी पर्छन् भने कतिपय घरमा नराम्राे ब्यवाहार भएका बुहारीहरुकाे प्रबेश हुन्छ । तर जो घर राम्रोसँग सम्हाल्न सक्छ उहीँ घर परिवारकी असर बुहारीकाे रुपमा चिनिन्छिन् ।

यस्तै हरेक महिलाहरु आफ्नो हुनेवाला पतिकाे घरका सदस्य कस्ता हुन्छन् भनेर चिन्तित हुन्छन् । यी ४ राशिका महिला आफ्नो श्रीमानको घरमा पनि सबैको प्यारी हुन्छिन्, खासगरी आफ्नो सासुको नजरमा नि राम्रो बन्न यी राशिका महिला घरमा सुख र खुशी लिएर आउछन्।

मेष राशिः मेष राशी हुने बुहारीहरु हुन्छन् धेरै भाग्यशाली, ज्योतिषी शास्तमा भने उनीहरु निकै विश्वास गर्ने गर्छन् । जब मेष राशिका कन्या बुहारीको रूपमा घरभित्र भित्रिन्छन्, त्यहाँ खुशी र समृद्धिले घर वरिपरि छाउँछ। यिनीहरू सम्पूर्ण घर राम्ररी चलाउँन सक्छन्। यस गुणको कारण, सासुले पनि उनीहरुलाई धेरै माया गर्छन् । मेष कन्याहरूले आफ्ना सासुका साथै बाँकी सदस्यसँग पनि गहिरो सम्बन्ध राख्छन् ।

वृष राशिः यस राशिका बुहारीहरुकाे स्वाभाव सकारात्मक हुन्छ । यिनीहरूको यहि प्रकृति को कारण, यिनीहरूले घरको वातावरण सकारात्मक र सुखमय बनाउन सफल हुन्छन् । यति मात्र होइन, वृष कन्याले घर राम्ररी व्यवस्थापन गर्छिन् र आफ्नो सासु सासुसँग गहिरो र बलियो सम्बन्ध राख्छिन्। यस्तो अवस्थामा, यो विश्वास गरिन्छ कि उनी आफ्नो सासुको सबैभन्दा मन पर्ने बुहारी हुन्छिन् ।

कन्या राशिः कन्या राशिका कन्या हँसमुख र मिलनसार हुन्छन्। मिलनसार प्रकृतिका कारण, उनीहरू आफ्नो सासुसँग छिटै घुलमिल हुन्छन्। सासुको सबैभन्दा प्यारी बुहारी बन्न पनि सफल हुन्छन्। त्यस्तै यिनीहरु परिवारका अन्य सदस्यहरूसँग धेरै बलियो सम्बन्ध राख्न सफल हुन्छन् ।

वृश्चिक राशिः वृश्चिक राशिका कन्या सुन्दर हुनुका साथै शान्त स्वभावका हुन्छन्। यस राशिका कन्या आफ्ना पति र परिवारका लागि धेरै भाग्यशाली बुहारी साबित हुन्छन्। उनीहरुको पति बाहेक सासु र घरका अन्य सदस्यहरूसँग पनि निकै राम्रो र बलियो सम्बन्ध हुन्छ।

यो पनि – नाकको टुप्पोमा हुन्छ यी ५ राशि भएका व्यक्त्तिको रिस
कुनै पनि व्यक्तिको जीवनमा राशिले ठुलाे महत्व लिएकाे हुन्छ । अहिले यस युगमा मानिसहरुले ज्योतिषशास्त्रमा अास्था राख्छन् । ज्योतिषशास्त्रले भविष्यवाणी मात्र हैन व्यवहारका बारेमा पनि जानकारी दिने गर्छ ज्योतिषशास्त्रले मानिसको कयौँ रहस्य खोलिदिने गर्छ । यस विद्या मार्फत हामीले मानिसको गुण, दोष र यसको व्यक्तित्वका बारेमा पत्ता लगाउन सक्छछाै ।आज हामी तपाईलाई केही राशिका बारेमा जानकारी दिदैछौँ । जो निकै रिसाह हुने गर्छनु। अझ भनौँ उनीहरुको रिस नाककै टुप्पोमा हुने गर्छ ।

मिथुन राशि
मिथुन राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । यिनीहरुलाई छिट्टै रिस उठ्ने र धेरैबेरसम्म रहने हुन्छ। यिनीहरुलाई एक पटक रिस उठ्यो भने छिट्टै शान्त हुँदैन्। यद्यपी यिनीहरुको रिसले अरुलाई नोक्सान गर्नुभन्दा पनि आफैलाई पीडा दिने गर्छन् ।

सिंह राशि
सिंह राशिका व्यक्तिलाई निकै रिसाह मानिने गरिन्छ। यिनीहरुको रिस कहिलेकाही फुटेर बाढीले जसरी क्षति पुर्याउने गर्छ। त्यसैले यस राशिका व्यक्तिले आफ्नो रिसलाई काबुमा राखेर सावधानी पूर्वक काम गर्दा राम्रो मानिन्छ।यी राशिका व्यक्तिलाई सानो सानो कुरामा रिस उठ्ने गर्छ। यस्ता व्यक्तिका सामु मजाक गर्दा पनि होसियार हुनुपर्छ। यद्यपी यी राशिका व्यक्तिको रिस धेरै बेर भने टिक्दैन। केही सयमपछि आफै शान्त हुने गर्छ ।

वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिको रिस पनि नाकको टुप्पामै हुने गर्छ । तर यिनीहरुले आफ्नो रिसले अरुलाई नोक्सान पुर्याउँदैनन्। यिनीहरुलाई रिस उठ्यो भने यिनीहरु कसैसँग कुरा गर्दैनन् ।

मकर राशि
मकर राशिका मानिस पनि निकै रिसाह हुने गर्छन्। यिनीहरुको रिस निकै चाडै उठ्ने गर्छ र रिसमा यिनीहरु के के गर्छन् आफैलाई थाहा हुँदैन। रिस उठेका बेला यी व्यक्तिका सामु रहनुभन्दा यिनीहरुलाई एक्लै छोडिदिनु वुद्धिमानी हुने गर्छ। यिनीहरुको रिस शान्त भएपछि चाडै नै आफ्नो गल्ती स्वीकार गर्ने गर्छन् ।

कुम्भ राशि
कुम्भ राशिका व्यक्तिको रिस पनि निकै कडा हुने गर्छ। यिनीहरु आफ्नो भावना दोस्रो व्यक्तिलाई देखाउँदैनन्। यिनीहरु रिस उठेका बेला चुप रहन मन पराउँछन्। खास कुरा यो छ की यिनीहरु रिसमा पनि आफ्नो धैर्यता गुमाउँदैनन् ।