यदि तपाईले आफ्नो घरमा वाशिङ्ग मेशिनवाट लुगा धुने र सुकाउने गर्नु भएको छ भने अव सावधान हुनु जरुरी भएको छ । अमेरिकाको फ्लोरिडामा जे भयो त्यो थाहा पाए पछि हामी पनि शतर्क हुन जरुरी भएको छ । त्यहाँ एक परिवारले कपडा धोए पछि सुकाउनको लागि वाशिंङ्ग मेशिनमा हाले ।

तर धेरै कोशिस पछि पनि ड्रायर मेशिन चलिराखेको थिएन र त्यसवाट एक प्रकारको लिक्विड जस्तो वस्तु वाहिर आउन लाग्यो । त्यस पछि जव मेकानिकलाई वोलाएर मेशिनमा हेर्दा त त्यहाँ एक मरेको साँप वरामद भयो ।

फ्लोरिडामा वस्ने यो परिवार सधै विहान कपडा धुने र वाशिङ्ग मेशिनमा ड्रायर गर्ने गथ्र्यो तर त्यो दिन ड्रायर चलिरहेको थिएन र एक प्रकारको लिक्विड मात्र वाहिर आएको थियो । मेकानिकलाई वोलाएर हेर्दा त मेशिनको मोटरमा एक ठूलो साँप फसेर मरिसकेको देखे । यो देखि उनीहरु डराएर चिच्चाएर कराए । टिभि च्यानलमा कुरा गर्दै एक महिलाले भने म त चिच्याएर कराएँ र मेकानिक मेशिनवाट टाडा भाग्यो ।

मेकानिकल कोवलले उक्त टिभी च्यानललाई भने, यो सामान्य थिएन, साँप ड्रायरमा पनि आफ्नो वाटो खोज्न सक्थ्यो । साँपको कारणले नराम्रो पनि हुन सक्थ्यो तर म खुशी छु किनकी साँप मरिसकेको थियो । त्यसपछि मेकानिकले मरेको साँप ड्रायरवाट वाहिर निकाल्यो र त्यो परिवारलाई वेलावेलामा मेशिनमा सावधानी पूर्वक रेखदेख गर्ने सल्लाह दियो ।