थाईल्याण्डबाट एउटा अचम्मको घटना बाहिर आएको छ। त्यहाँका एक ६७ वर्षीय वृद्धले पेट दुख्ने र पेट फुल्ने समस्या लिएर अस्पताल पुगे। अस्पतालमा डाक्टरले उनको पेटबाट ५९ फिट लामो परजीवी उक्त मानिसको प्राइभेट अंगबाट निकालियो। यो सब देखेर डाक्टरहरु पनि तीन छक्क परे।

वास्तवमा यो केस थाईल्याण्डको नोंगखाई प्रान्तको हो। ‘द सन’ को एक रिपोर्ट अनुसार उक्त व्यक्तिले लामो समयदेखि पेट दुखाईको गुनासो गरिरहेका थिए। जब उनले अस्पताल गएर चेक-जाँच गरे तब जे देखियो त्यसको बारेमा कसैले सोचेका पनि थिएनन्।

थाइल्याण्डको नोंगखाई प्रान्तको परजीवी रोग अनुसन्धान केन्द्रमा जाँच गर्दा यस्तो देखिएको हो। चेक-जाँचको क्रममा व्यक्तिको निजी भागमा परजीवी फेला पर्‍यो। अनुसन्धान केन्द्रका प्रवक्ताका अनुसार उक्त व्यक्तिको पेटमा १८ मिटर भन्दा लामो परजीवी भेटिएको छ।

उक्त रिपोर्टका अनुसार डाक्टरहरूले बताए कि यस्तो परजीवी काँचो मासु खानाले पेटमा पुग्छन् र यी ३० वर्ष भन्दा बढी समयसम्म बाँच्न सक्छन्। तर वर्तमान समयमा राम्रो औषधिहरु उपलब्ध भएकोले तिनीहरू धेरै बाँच्न सक्दैनन।

उक्त परिजिवीको लम्बाई ५९ फिट रहेको बाताइएको छ। यसलाई निकाल्नको लागि डाक्टरहरूलाई लामो समय लागेको थियो। मानिसको पछाडीको निजी अंगबाट यो परजीवी निकालिएको डाक्टरको भनाइ छ।