अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् हेरौंः

देशी बदाम
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता
पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस
किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर
अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ । अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए
साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४४ ले उकालो लागेर ४५३.५९ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६.५२, व्यापार १३.२, होटल तथा पर्यटन १५३.७७, विकास बैंक ४६.८७, जलविद्युत् १३.८, वित्त ६.३७, निर्जीवन बीमा ५६१ं३४, उत्पादन १७२.८८, अन्य ५७.९४, लघुवित्त २४६.६, जीवन बीमा ७४२.७६, सामूहिक लगानी कोष ०.१६ र लगानी १.२५ अङ्कले बढेको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब चार अर्ब ८४ करोड ५६ लाख ८० हजारको हाराहारी पुगेको छ । कारोवारमा आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ९० लाख २२ हजार बराबरको कारोवार भयो ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सक म्पनी रु ३१ करोड २० लाख ९४ हजार ९८,नेपाल पूर्वाधार बैंक रु २१ करोड १८ लाख ३८ हजार ७४८, माथिल्लो तामाकोशी रु १५ करोड ६३ लाख ६२ हजार ९२९, नबिल बैंक रु १३ करोड ९० लाख २९ हजार ६४५, नेपाल पुर्नबीमा कम्पनी रु १३ करोड १८ लाख ३६८, नेको इन्स्योरेन्स रु १२ करोड ६२ लाख ४३ हजार ९७२, डिप्रोक्स लघुवित्त रु १२ करोड १५ लाख ८५ हजार ४००, हिमालयन डिस्टिलरी रु १२ करोड १५ लाख ८५ हजार ४०० र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड सात लाख ९९ हजार ५१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक, मिथिला लघुवित्त सूर्योदय लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा सामुदायिक लघुवित्त ९.९९, समिट लघुवित्त ९.९८, चन्द्रागिरि हिल्स ९.९८, किसान लघुवित्त ९.९७, स्वाभिमान लघुवित्त ९.९६, यूनाइटेड इदी मदी हाइड्रोपावरका शेयरधनीले ९.७९ प्रतिशतले कमाए । यसैगरी ग्रीन लाइफ हाइड्रोपावर ६.०६, खानीखोला हाइड्रोपावर ६.०२, जोशी हाइड्रोपावर ५.१५, घलेम्दी हाइड्रोपावर ४.२२, दिव्यश्वरी हाइड्रोपावर ४.०३, एनआइबिएल प्रगति फण्ड ३.८३ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए ।