एजेन्सी– बलिउड अभिनेत्री नीतू सिंह रियालिटी शो ‘इन्डियन आइडल’मा दिवंगत श्रीमान ऋषि कपुर सम्झेर भावुक बनेकी छन्।‘इन्डियन आइडल १२’ कार्यक्रममा स्वर्गीय अभिनेता ऋषि कपुर समर्पित विशेष एपिसोड आयोजना गरेको थियो। ऋषिको व्यक्तित्व र करियरको सम्मानका लागि उनकी श्रीमती अभिनेत्री नीतू कपुरलाई मुख्य पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो। नीतू त्यही कार्यक्रममा ऋषिलाई सम्झेर भावुक बनेकी हुन्।

उनले कार्यक्रममा ऋषि र आफू डेटिङ जाँदाका रमाइला पलहरु याद गरिन्। उनका अनुसार नीतु ऋषिको आत्मीय साथी थिइन्। नीतू ऋषिलाई केटीहरुसँग परिचय गराउँथिन्। कुराकानी गर्न समेत सहयोग गर्थिन्। धेरै केटीहरुसँग संगत गरेपछि एकदिन ऋषिले नीतूलाई उनीजस्तै सरल केटी मन पर्ने बताए। त्यो नै उनीहरु बीचको पहिलो मोड भएको नीतूले बताइन्।

यसै सन्दर्भमा नीतूले आफू कसरी ऋषिसँग प्रेममा पराइन् भनेर बताएकी छन्। हामी फिल्म छायांकनका लागि अलग सहरमा थिइन् र उनलाई त्यस्तोबेला ऋषिको टेलिग्राम आयो। जसमा लेखिएको थियो, ‘शिखनी याद आयी’। नीतूले आफू त्यो बेला ऋषिलाई मिस गरेर आँसु थाम्न नसकेको बताएकी छन्।

हालै नीतूले ऋषिसँगको अन्तिम भ्रमणको पुरानो भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। सो भिडिओ ऋषिको निधन भएको ११ औं महिनाको प्रार्थना भेलाको सन्दर्भमा गरेकी हुन्।

इन्डियन आइडल १२ मा ऋषिका विशेष साथी तथा कलाकार जीतेन्द्र, राकेश रोशन, र प्रेम चोपडाद्वारा विशेष भिडिओ सन्देशहरू प्रसारण गरियो। ती भिडिओ हेरेपछि नीतुका आँखा आँसु रहन सकेनन् ।