एजेन्सी । क्यानडाका एक दम्पतीले जुम्ल्याहा सन्तान जन्माए र ति दुवै छोरा थिए । जन्मिनेबित्तिकै बच्चाहरुको अपरेशन भयो, डाक्टरले अपरेशन गरे तर यस क्रममा उक बच्चाको गुप्तांग क्षतिग्रस्त भयो । यसलाई पुनः ठिक गर्न सम्भव भएन । अन्ततः डाक्टरले परिवारलाई बच्चाको लिंग परिवर्तन गरेर छोरी बनाउने सल्लाह दिए ।

परिवारले पनि सहमति जनाए र बच्चाको लिंग परिवर्तनको लागि अपरेशन गरियो दुभाव्र्यवश यो अपरेशन आधा मात्र सफल भयो । जुम्ल्याहामध्ये अपरेशन गरेर छोरी बनाइएका ब्रुस नामका ती बालकको अपरेशन त्यतिबेला डाक्टरको लागि पनि परीक्षण जस्तैं थियो । अपरेशनपछि उनलाई ब्रेन्डा नाम दिइएको थियो । उनलाई ठूलो हुँदासम्म उनको वास्तविक पहिचान बताइएन । सुरुमा यो परीक्षण सफल भएजस्तो देखियो ।

यो पनिपढ़नु होस:सिन्धुपाल्चोक । मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ तर सिन्धुपाल्चोकमा गोरु त ब्याएन तर घोर अचम्म भो । नब्याउँदै मज्जाले दुध दिन थाल्यो । पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको कुराको तथ्य ओकल्दै छौ ।

हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ ।

अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद भनेर खाइरहेका छन् । यो भन्दा अगाडि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग पर्नुभएको छ । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ ।