हाम्रो शरीर स्वास्थ राख्नको लागि पानी निकै महत्वोपूर्ण हुन्छ | पानी मानिसको साथ् साथै संसारका हरेक प्राणीको अत्यावासिक जरुरत पनि हो| हाम्रो शरीरमा कम्तिमा पनि ७० प्रतिशत पानीको मात्रा हुन्छ |

प्राय: हामी निकै तिर्खा लागेको बेला पानी पिउने गर्छौं | तर यो ठिक हैन | आज हामी तपाईंलाई बताउछौंकि कुन् समयमा पानी पिउनु स्वास्थको लागि निकै लाभदायक हुन्छ र कुन बेला पिउनाले शरीरमा हानि पुग्न सक्छ | हाम्रो शरीर स्वास्थ राख्नको लागि दिनमा कम्तिमा २ लिटर पानी पिउन जरूरी छ |

पर्याप्त मात्रामा पानीको सेवन गर्नाले हाम्रो शरिरको तापक्रम नियन्त्रणमा रहन्छ | यसका साथै सहि मात्रामा पानी पिउँदा शरीरका कोष मजबूत बन्छ | पर्याप्त मात्रामा पानीको सेवन नगर्नाले शरीर कम्जोर हुन सक्छ | त्यस्तै , थुप्रै रोग लाग्ने खतरा पनि बढ्छ |

सुत्नु भन्दा पहिले पानीको सेवन गर्दा स्वास्थ्य बिगार्न सक्छ। यदि तपाईंले सुत्नु भन्दा ठिक अघि पानी उपभोग गर्नुभयो भने, रातमा बारम्बार शौचालय जानु पर्ने हुन्छ, जसको कारण शरीरलाई निन्द्रा पुग्दैन । निद्रा नपुग्नाले धेरै रोगहरूको जोखिम बढ्छ।

रातको खाना खाएको आधा घण्टापछि पानी पिउनु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ। यस समयमा शरीरमा विषाक्त पदार्थहरू पानीको सेवनबाट बाहिर निस्कन्छन्। त्यस्तै , यस समयमा पानीको उपभोगले पाचन प्रणालीले राम्रोसँग काम गर्छ।