अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको फेसबुक ह्याक भएको जानकारी दिएका हुन्

‘दीपाजीको फेसबुक ह्याक भएको छ। सरोज खनाल दाइको पनि फेसबुक ह्याक भएको छ’, उनले भनेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ। सजग रहनुहोला ।’

दिपकराज गिरीको फेसबुक स्टाटस्

दीपाश्रीसँग अभिनेता सरोज खनालको आइडीबाट कुरा गरेर कोड मागेपछि आफ्नो एकाउन्ट ह्याक गरेको उनले बताइन्। ‘सरोज खनालको एकाउन्टबाट मसँग च्याट गरिएको थियो। उक्त एकाउन्टबाट मलाई आएको एउटा कोड मागिएको थियो, मैले पनि पठाइदिएपछि मेरो पनि फेसबुक ह्याक भएको पाएँ’, उनले भनेकी छन्।

ह्याक गरेपछि ती व्यक्तिले आफ्नो एकाउन्टबाट भानिज सुमन गिरीलाई भाइ बिरामी परेको भन्दै एक लाख रुपैयाँ पठाइदिन भनेकाले सतर्क हुन उनले आग्रह गरेकी छन्।

यो पनी पढ्नुहोस्ः ‘ए मेरो हजुर ४’ को लागी से-फोक्सुन्डोमा अनमोल र सुहाना
अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ को शीर्ष गीत डोल्पाको से–फोक्सुन्डो तालमा छायांकन गरिएको छ। शीर्ष गीत छायांकनका लागि से–फोक्सुन्डो पुगेको फिल्म क्रू एक हप्ता बढी समय बिताएर बिहिबार काठमाडौं फर्केको हो।

से–फोक्सुन्डो तालमा छायांकन गीतमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन्l भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।काठमाडौँ र पोखरामा फिल्मको करिब दुई हप्ता छायांकन गरेपछि काम सकिने निर्माण पक्षले बताएको छ। फिल्म आगामी वर्षको भदौं १८ मा सार्वजनिक हुने घोषणा गरिसकिएको छ।

सुनिलकुमार थापाको लगानीमा बनेको ‘ए मेरो हजुर ४’ मा सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत र दीर्घ खड्काको सम्पादन छ।