काठमाडौं, पछिलो २४ घन्टामा काठमान्डौ उपत्यकामा ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।भक्तपुरमा २ काठमान्डौमा ५३ ललितपुर मा ८ जना गरि ६३ जनामा कोरोना पुष्टि भएको हो ।त्यस्तै नेपालमा १४५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९६३ मा पिसिआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो २४ घन्टामा ९० जना निको भएर फर्किएका छन्।

पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस संक्रमण ब’ढ्न थालेपछि सरकारले आइसोलेसन र क्वा’रेन्टिन व्यवस्थापनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई प’रिपत्र गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले कोरोनाको जो’खिम बढेकाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन परिपत्र गरेको जानकारी दिए ।

उनले स्वास्थ्य मा’पदण्डलाई अनिवार्य लागू गराउन निर्देशन दिएको र नमान्नेलाई संक्रामक रो’ग ऐ’न अनुसार ’कारबाही गर्न भनिएको बताएका छन् । जिल्लामा को’भिड व्यवस्थापन र रो’कथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका जिल्ला सं’कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बनाइएकाले जिल्लामा सं’क्रमणको अवस्था हेरेर निर्णय लिन निर्देशन दिइएको आचार्यले बताएका छन ।