काठमाडौं । नेपाली गीत फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका डे क्याप्टेन वियोन्सेले नेपालप्रति आफ्नो निकै ठुलो प्रेम रहेको बताएकी छन। उनले लकडानका कारण आफ्नो देश फर्कन नपाए पनि नेपालको मायाले यतै राखेको र भाव दिनमा नेपालमै बस्ने बताएकी हुन ।

नेपाली बोल्ने वियोन्सेले नेपाली युवासँगै विवाह गर्ने बताएकी छन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरु पनि उत्तिकै राम्रो लयमा गाउँ छिन् ।उनी भन्छिन्, ‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।

मलाई नेपाली खाना मन पनि पर्छ ।’ नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी थिइन । उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा उनी आफैं फिचर्ड छिन् ।

मदन कृष्ण श्रेष्ठले वियोन्सेको प्रशंसा गरेका छन् । कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो। युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन । यो गीतको लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।

भिडियो : साइनिङ नेपाल