काठमाण्डौ । नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ भन्ने गरिन्छ । केही नेपालीहरु भारतीय सँग बिहे गरेर उतै बसेका छन्के, ही भारतीयहरु नेपाली बिहे गरेर आएका छन् । त्यस्तै आज हामी भारतीय कलाकारहरु जसको नेपाल सँग नाता रहेको बारेमा चर्चा गर्ने छौ ।

केही भारतीय बलिउड कलाकारहरु जसको नेपाल सँग पारस्परिक सम्बन्ध रहेको छ । ती कलाकारहरु हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रुति झा ,अहमद खान आउनुहोस् चर्चा गरौँ कसरी साइनो रह्यो यी कलाकारहरू सँग ।

नेपालीहरूको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन्। माइती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफ्नो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुवै कमाइन्।

गोबिन्दा अहुजा: बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाई हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।

भारती सिंह: भारती सिंहले एक अन्तरर्वातामा नेपाल खुबै मन पर्ने बताएकी थिइन् । भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ। उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका थिए ।

श्रृति झा : टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौँ बसेकी थिईन् ।

बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।