तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको बस दुर्घटना हुँदा मृत्यु भएकी तुलसीपुर १६ गणेशपुर निवासी १८ बर्षीय सम्झना केसी कक्षा ११ मा पढ्थिन ।विद्यालयका शिक्षक बलबहादुर एमसीका अनुसार कम्प्युटर साईन्स पढ्ने उनी कक्षामा दख्खल विद्यार्थी थिईन् ।

उनी ‘एम ६’ से’क्सना थिईन् । उनको घ’टनास्थलबाट उपचारकालागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।बसमा २९ जना विद्यार्थी थिए । ति मध्ये २८ जना घा’ईते भएका हुन् । घा-ईते मध्ये पाँचजनाको कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य छ । मंगलबार विहान साढे ५ बजेतिर बस दुर्घटनामा परेको हो ।

विजौरी, कोठेरीलगायतका विद्यार्थीहलाई ल्याउन गएको थियो । बसमा कक्षा ११, १२ र ब्याचलर लेभलका विद्यार्थीहरु थिए ।दुर्घटना भएको बसका चालक अझै फरार छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उनको खोजी कार्य जारी रहेको छ । दु’र्घटनास्थलमै बस चालकको मोवाईल ख’सेकाले मोवाइल ब’रामद गरेको भएपनि चालक अझै फेला परेका छैनन् ।

यो पनि- नयाँ प्रजातिको चरा फेला

चितवन, चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो ।

रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो । एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ ।यो चरासहित अब चितवनमा ६५७ प्रजातिका चरा पाइन्छन् । ‘लामपुच्छ्रे चाँचर’ चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चरा हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । विभिन्न देशबाट लामो दूरी तय गर्दै चरा जाडो छल्नका लागि यहाँ आउने गर्छन् ।