काठमाण्डौंको नयाँ बसपार्कमा ट्याक्सी चालक र पठाओ राइडरबिच विवाद भएको छ । ट्याक्सी चालकहरुले बसपार्क क्षेत्रमा पठाओ राइडरको बिरोध गर्दै ट्याक्सी जुलुस नै निकालेका थिए । सोहि क्रममा पठाओ राइडर तथा ट्याक्सी चालक बीच विवाद भइ झ ड प समेत भएको थियो ।

पछिल्लो समय ट्याक्सी चालकहरुले पठाओ राइडरहरुसँग निहुँ खोज्ने, झ ग डा गर्न खोजेको बताउँदै आएका छन् । तर, ट्याक्सी व्यवसायी भने पठाओले ट्याक्सी व्यवसाय नै सं क ट मा परेको भन्दै विगत तीन बर्षदेखि विवादको बिषय बन्दै आएको छ ।

पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले पठाओ र ट्याक्सी व्यवसायीको पछिल्लो बिवादको छलफलको लागी महानगरीय ट्राफिक महाशाखाले मंगलबार बोलाएको जानकारी दिए । पठाओ र ट्याक्सी चालकहरुको विवादको लागी महानगरीय ट्राफिक प्रहरी महाशाखा ले नै पहल गर्नु परेको छ ।

नेपाल ट्याक्सी व्यवसायी संघका महासचिव टोप बहादुर खत्रीले पठाओ र ट्याक्सी व्यवसायीको विवाद समाधानका लागी आवश्यक कागजात संकलन गरि छलफलका लागी ट्राफिक कार्यालय जाने तयारी भएको बताए । ‘पठाओले ट्याक्सी व्यवसाय नै घरापमा पारिसकेको छ’ उनले भने ‘यसका लागी हाम्रो संघर्ष जारी छ ।’

ट्याक्सी व्यवसायीहरुले एक बर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्लाई भेटेर पठाओलाई बन्द गर्नुपर्ने माग राखेका थिए। तर, नयाँ आउने यस्ता स्टार्टअप लाई रोक्न नहुने भन्दै कानुन बनाएर यस्ता व्यवसायलाई नियामन गर्ने गरी सरकार अघि बढेको थियो ।

तर,अहिले सम्म यस्ता स्टार्टअफ व्यवसायलाई नियामनको दायरामा आएका छैनन् । ट्याक्सी चालक र पठाओको यो विवादले सोमबारदेखि सेवा प्रभावित भएको छ । पछिल्लो समय काठमाडौंका सडक भरी पठाओका राइडर नै राइडर देखिन थालेका छन् ।