काठमाडौं। पछिल्लो समय एउटी सुन्दर बायकर सामाजिक संजालमा निकै चर्चामा आइन् । उनले सामाजिक संजालमा सुन्दर ठाउँहरुमा गएर फोटो खिचेर पोस्ट गर्न थालेपछि सामाजिक संजालमा उनका फलोअर ह्वात्तै बढे । तर, अहिले उनले गरेको एक खुलासाले ती हजारौं फलोअरको होस् उडेको छ । खासमा ती बाइकर कुनै सुन्दरी युवती नभइ ५० वर्षका अधबैंसे पुरुष हुन् ।
みなさーん٩( ˆoˆ )۶
おバイクしてますかぁ✨💖
もうすぐ春ですよ🌷🌼🌸
年齢:昭和の○○○
身長:166
住み:イバラキ🍠
大好き:バイクいじり😘
一言: Life is once, play this world#バイク乗りと繋がりたい #バイク乗りとして軽く自己紹介 pic.twitter.com/t28mZmJ4vg— 宗谷の蒼氷 (@azusagakuyuki) February 10, 2021
बीबीसीका अनुसार ती पुरुषले जापानको एक टेलिभिजन शोमा यसको खुलासा गरेका हुन् । उनले आफूले विगत केही समयदेखि बायकर गर्ल बनेर सामाजिक संजाल चलाइरहेको बताएका छन् । उनले एउटा फेस एप्लिकेसनबाट आफ्नो पूरै छवि परिवर्तन गरेका हुन् । ‘लेट मन्डे शो’ नामक टेलिभिजन शोमा यी व्यक्तिले आफू सामाजिक संजालमा लोकप्रिय हुन चाहेकोले यस्तो गरेको बताएका छन् ।
५० वर्षका अंकलको बाइकिङलाई सामाजिक संजालमा लोकप्रियता हासिल नहुने भएकोले उनले यस्तो गरेको बताए । यी व्यक्तिले एपको सहारामा अनुहार पूरै बदलेका थिए तर कपाल भने उनकै थिए । यो खुलासापछि उनको लोकप्रियता झनै बढेको छ । उनको कुरा सुनेर कैयौं व्यक्तिहरु उनको समर्थनमा अगाडि आएका छन् ।