काठमाडौँ । धर्मशास्त्रमा कुनै पनि शुभ कार्यको थालनी गर्दा स्नान गर्नुपर्ने उल्लेख गरिएको छ। स्नान गर्दा उपयुक्त मन्त्रको जप गर्नुभयो भने अझ लाभदायिक हुने धार्मीक विश्वास छ।

नुहाउने बेलामा जप, भजन वा भगवानको नाम लिन सकिने शास्त्रमा उल्लेख छ। यसो गर्नाले तपाईको भाग्य चम्किने विश्वास गरिन्छ। आज हामी तपाईलाई स्नानका समयमा जप गर्ने मन्त्रका बारेमा जानकारी दिदैछौँ।

नुहाउने बेलामा यो मन्त्रको जप गर्नुहोस्

गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे ।
सिन्धु कावेरी जलऽस्मिन्सन्निधिं गुरु ।।

स्नान गर्दा पवित्र नदीहरुको नामलाई जप गर्नाले तीर्थ स्नानको पुण्य मिल्छ। जस प्रकारले तिर्थमा स्नान गर्नाले सबै प्रकारको नकारात्मकताबाट मुक्ति मिल्छ, ठिक त्यस्तै फल नुहाउने बेलामा उक्त श्लोकको जपबाट पनि मिल्छ। साथै दुर्भाग्यबाट पनि मुक्ति पाइन्छ।
कस्तो स्नान उपयुक्त ?

१) ब्रह्म स्नानः बिहान,बिहान ब्रह्मा साहितमा अर्थात बिहान ४-५ बजे गरीने जुन स्नान भगवानलाई चिन्तन गर्दै स्नान गरीन्छ। यसलाई ब्रह्मा स्नान भनिन्छ। यस्तो प्रकारको स्नान गर्नाले इष्टदेवको विशेष कृपा प्राप्ति हुन्छ र जीवनमा दुखको सामना गर्नु पर्दैन।

२) देव स्नानः आजको समयमा धेरै मानिसहरूले सूर्योदय पछि स्नान गर्छन्। कुनै मानिसले सूर्योदयपछि कुनै नदीमा स्नान गर्छ वा घरमा विभिन्न नदीहरुको नाम लिएर जप गर्दै स्नान गर्छ भने त्यस स्नानलाई देव स्नान भनिन्छ। यस्तो स्नानले पनि व्यक्तिको जीवनको सबै समस्याहरु हटेर जान्छ।

३) ऋषि स्नानः यदि एक व्यक्तिले बिहान,बिहान आकासमा ताराहरू भएको समयमा स्नान गर्छ भने त्यो स्नानले ऋषि स्नान भनिन्छ। सामान्यतया जुन स्नान सूर्योदय भन्दा अगाडी गरीन्छ त्यसलाई मानव स्नान भनिन्छ। सूर्योदय भन्दा पहिले गरीने स्नान नै उत्तम हुन्छ।

४) दानव स्नानः अहिलेको समयमा धेरै मानिसहरूले सूर्योदय पछि चिया नास्तापछि गर्छन्। त्यस्ता स्नानलाई दानव स्नान भनिन्छ।