काठमाडौं दोदोहोरी च्याम्पियन बिबादमा तानिए पछि निर्णायक हरु हटाउनु पर्ने माग उठेको थियो। चन्द्र शर्मालाइ हटाएर राजु परियार राख्नुपर्ने प्रतिक्रिया आइरहेका छन। लोक दोहोरी गाएक नरेश खाती र मेक्सम खातीले निर्णायक हरु अग्रज र परिपक्व भएपनी अपरिक्वता देखाएको टिप्पणी गरे।

उनले भने प्रतिभाको सम्मान गरिनु पर्छ र कलाकार भाइबहिनी हरु हामिभन्दा साना र जुनियर भएपनी सभ्य भाशा बोलिनु पर्छ।कसैले लगाएको लुगाको आधारमा कसैलाइ जज गर्न मिल्दैन,उसको दोहोरि हेरेर जज गर्ने हो र अर्को कुरा निर्णायक हरुले आफ्नै जमानाको जस्तो खोजेर अहिले पाइदैन , त्यो बेला पिंढि मा बसेर दोहोरी गाइन्थ्यो अहिले सोफामा बसेर गाइन्छ हरेक कुरा समय अनुसा परिवर्तन हुँदै जान्छ।

उनले आफू दोहोरी च्याम्पियन मा निर्णायक को रुपमा त जाने तर सधैको लागि नभएर अतिथि निर्णायक को रुपमा केही भागमा मात्र जाने जानकारी समेत गराए।दोहोरी च्याम्पियनले यस्तै बानि गर्ने हो भने अर्को पटक कोहि पनि जादैनन्। अहिले को यस दोहोरी च्याम्पियनमा सबै पहिलेनै चिनिएका कलाकारहरु गएका छन। कसैलाई भाइरल , साइरल भन्ने कसैलाई कपाल खोल्ने , बाट्ने , कपडा भएन भन्ने यस्तो भनेर ब्याइजेत गर्न हुदैन।

नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरु हुने बित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइज्जत गरेपछि यो विवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढी आलोचना भएको छ।

चन्द्र शर्माले चर्चित लोक दोहरी गायिका कल्पना दाहाललाई भाइरल साइरन वाली भन्दै बेइज्जत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरू प्रयोग गरेर बेइज्जत गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।