काठमाडौं : भागरथी भट्ट ह’त्याको करिब दुई सातापछि प्रहरीले उनका भाइ नाता पर्ने १७वर्षीय किशोर दिनेश भट्ट संलग्न देखिएको बताएको थियो। तर अभि’यु’क्तलाई प’क्रा’उ गरेर मु’द्दा चलाएको एक महिना ४ दिनपछि दिनेशका बुवा दीपक भट्टले आफ्नो छोरा निर्दोष रहेको भन्ने नयाँ दलिल सार्वजनिक गरिदिएका छन्।

अनु’स’न्धानपछि प्रहरीले दायर गरेको मु’द्दा’माथि प्रारम्भिक सुनवाइ गर्दै जिल्ला अदालतले समेत अ’भि’युक्त दिनेश भट्टलाई पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको १२दिनपछि दिनेशका बुवाले घ’ट’ना’क्रमको नयाँ सिलसिला सार्वजनिक गरेका हुन्।

हाल पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएका दिनेश भट्टले आफ्ना परिवारका सदस्यलाई टेलिफोन सम्पर्क गरेर ‘आफूले भागरथीको ह’त्या नगरेको तर उनको ह’त्यामा संलग्नले ज्यान मार्ने ध’म्की’ दिएपछि बा’ध्य भएर अ’प’रा’ध स्वी’का’रेको’ भनेको विवरण सार्वजनिक भएका छन्।

बाल सुधार गृहबाट मलाई फोन गरेर आफूले भागरथीको हत्या नगरेको बताएको थियो, दिनेशका बुवा दिपकराज भट्टले कुरा गर्दै भने,शनिबार म आफै दिपायल गएर भेटेर आएको थिए। उसले भागरथीको ह’त्या गर्नेले मेरो घाँ’टीमा च’क्कु राखेर अरुलाई भनेपछि तिमी, तिम्रो बुवा र भाइलाई मा’रि’दि’न्छौँ भनेका थिए।

मर्नु भन्दा जे’ल जानु ठीक भनेर मैले अ’प’राध स्वीकारेको हुँ भन्ने उसको भनाइ छ। यसअघि मसँगै भागरथीको ब’ला’त्का’रपछि ह’त्या गरेको स्वी’कार गरेका थियौँ नी भनेर सोध्दा उसले त्यतिबेला तपाईहरु गाउँमै बस्नुहुन्थ्यो भनेर मैले भनेन।

अहिले त गाउँ छोडिसक्नुभयो त्यसैले सत्य कुरा बताएको हुँ, दिनेशका बुवाले भने। दिनेशको परिवार अहिले बैतडीबाट महेन्द्रनगर बसाइ सरेको छ। उनले दिनेशले आफूसँग भागरथीको ब’ला’त्का’रपछि ह’त्या गर्ने एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत भनेको दा’बी गरेका छन्।