अहिले पछिल्लो समयका निकै नै चर्चीत गायक हुन आलिफ खान । आजभन्दा करिब १० गायक बन्ने सपना बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै संघर्ष गरे ।

सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि ।

अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोटो फिरिममा गीत पनि सुनाए । निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे ।

उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् ।

आज कमल सरगमको जन्मदिनमा आलिफ खानले कमललाई मोटरसाइकल गिफ्ट दिएका छन । अब बाँकी भिडियोमा: