उक्त भिडियो समाचारको अन्तिममा (तल) छ । यो समाचार पनि पढ्नुहोस्:- कुनैपनि विरामीमा एक पटक प्रयोग भइसकेका औ’षधिजन्य प’दार्थलाई सामान्यता नष्ट गरिन्छ वा खाल्डो खनेर पुरिन्छ । तर, नेपाल भारत सीमा क्षेत्रमा घि’नलाग्दो काम भइरहेको पाइएको छ । अहिले आम नागरिकहरुको स्वास्थ्यसँग ग’म्भीर खेलबाड भइरहेको छ ।

नेपाली सीमावर्ती बस्तीमा एक पटक प्रयोग भइसकेका औ’षधिजन्य प’दार्थलाई सरसफाई गरेर पुनः प्रयोग गर्नका लागि भारततर्फ तस्करी गर्ने गरिएको पाइएको छ । वीरगन्ज महानगरपालिका–१६ नगवा, इनर्वास्थित सीमा क्षेत्रमा प्रयोग गरिएका औषधिजन्य प्लाष्टिकका सामग्रीहरुलाई सरसफाई गरेर त’स्करहरुले भारत तर्फ तस्करी गर्ने गरेका छन् । जसबाट त्यहाँका नागरिकको स्वास्थ्यमा प्र’त्यक्ष अ’सर परिरहेको छ भने पुनः प्रयोगको शि’कार पनि नेपाली नागरिक नै भइरहेका छन् ।

वीरगन्जका भन्सार क्षेत्रमा रहेको रजतजयन्ती चोक क्षेत्र आसपासका बस्तीकै बीचमा टहरा निर्माण गरि अस्पतालहरुमा फालिएका औषधिजन्य प्लाष्टिकका सामग्रीहरुलाई संकलन गरि सरसफाई गर्ने गरिएको छ । वीरगन्जका अस्पतालहरुको मात्र नभई काठमाडौैंदेखि नेपालका विभिन्न जिल्लामा रहेका अस्पतालहरुमा प्रयोग भइसकेका स्लाइन बोतलका पाइप, पञ्जा तथा सिरिन्जहरुलाई सरसफाई गर्ने गरिएको कारण त्यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परिरहेको स्थानीयहरुको भनाइ छ ।

संकलन गरेर ल्याइएका स्लाइन बोत्तलका पाइप, पञ्जा सिरिञ्जहरुमा विरामीको रगत लागेको र त्यही सामानहरुलाई गरीब, असहाय परिवारका अनभिज्ञ सोझा–साझा नागरिकहरुलाई काम गराउने भन्दै तस्करहरुले औषधिजन्य प्लाष्टिकको पदार्थहरुलाई सरसफाई गर्न लगाउने गरेका छन् । सिरिञ्ज सरसरफाई गर्ने खास गरेर गरीब, असहाय परिवारका वृद्धा महिलाहरु रहेका छन् । ती सिरिञ्ज, पाइप र पञ्जालाई सरसफाई गर्दा त्यसबाट सर्ने किटानुबाट आफू पनि संक्रमण हुन सक्ने चेतनासमेत नभएका त्यस्ता व्यक्तिहरुलाई काम दिने प्र’लोभनमा पा’रेर तस्क’रहरुले केही पैसा दिएर सरसफाई गराएर भारततर्फ तस्करी गर्ने गरेका छन् ।

प्रयोग गरिएका औषधिजन्य प्लाष्टिकका सामानहरु जताततै छरिएको र त्यसबाट उक्त बस्तीका आम नागरिकहरु पनि विभिन्न खाले रोगको शिकार हुने गरेका छन् । त्यसमा पनि साना–साना बालबालिकाहरुले खेल्ने क्रममा ति वस्तुहरुलाई उठाएर खेल्दा अर्थात हात, मुखमा लगाउँदा झन संक्रमण फैलेर विभिन्न खाले रोगको शिकार बन्नु परेको स्थानीयहरुको भनाइ छ । ‘चारैतिरबाट फोहोर संकलन गरेर ल्याउँछन्, सरसफाई गर्न लगाउँछन् र त्यसलाई प्लाष्टिकको कचरा’ भनेर तस्करहरुले प्रहरी प्रशासनको मिलोमतामो भारततर्फ निर्यात गर्दै आएको उनीहरुको भनाइ छ ।

तस्करी गरिएको औषधिजन्य पदार्थ नेपाली नागरिकमाथि पुनः प्रयोग !

भारततर्फ तस्करी गर्ने गरिएको उक्त औषधिजन्य सामानहरु पनि अधिकांश नेपाली नागरिकहरुमाथि नै पुनः प्रयोग हुने गरिएको छ ।
भारततर्फ तस्करी गरिएका उक्त औषधिजन्य पदार्थहरु सीमा क्षेत्रमा विना लाइसेन्स भारतीय सीमा क्षेत्रमा खोलेका क्लिनिकहरुमा उपचार गराउन गएका विरामीहरुमा प्रयोग गर्ने गरिएको छ ।

अध्ययन नै नगरी डाक्टरसहित नाम अंकित बोर्ड झुण्ड्याएर क्लिनिक खोलेर उपचारको साथ–साथै शल्यक्रिया समेत गर्ने गरेका झोले डाक्टरहरुले उक्त सिरिञ्ज, पाइप र पञ्जाहरुको प्रयोग गर्ने गरेका छन् । नेपाल भन्दा पनि सीमावर्ती भारतीय शहरमा अत्याधिक मात्रामा झोले डाक्टरहरुले क्लिनिक खोलेर उपचार गर्दै आएका छन् र त्यसमा उपचार गराउन सीमावर्ती क्षेत्रका ग्रामीण भेगका सोझा साझा नागरिकहरु उपचारका लागि पुग्ने गरेका छन् ।

नेपालको शहरहरुमा शल्यक्रिया गर्न बढी पैसा खर्चिनुपर्ने अवस्थामा सीमावर्ती क्षेत्रमा खोलिएका क्लिनिकहरुमा कम खर्चमा शल्यक्रिया हुने गरेको कारण पनि ग्रामीण भेगका आम नागरिकहरु नेपाली शहर भन्दा पनि सीमावर्ती भारतीय शहरमा उपचारका लागि पुग्ने गरेका छन् ।

नेपाल भन्दा ६० देखि ७० प्रतिशतसम्म कम खर्चमा शल्यक्रिया हुने गरेको कारण ग्रामीण भेगका जनताहरु त्यस्ता क्लिनिकहरुमा पुग्ने गरेका छन् । नेपाल भारतसँग सीमा जोडिएको भारतीय सीमावर्ती शहर रक्सौलदेखि सिक्टा भिस्वासम्मको शहरमा अधिकांश झोले डाक्टरहरुले क्लिनिक सञ्चालन गरेका छन् ।

उक्त झोले डाक्टरहरुले नै यस्ता प्रयोग गरिएका सिरिञ्जहरुलाई पुनः प्रयोग गर्ने गरेको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ । यसबारे पर्साका प्रशासनदेखि स्थानीय निकायका प्रतिनिधिहरुपनि अनभिज्ञ छन् कि जानी जानी छुट दिएका छन्, त्यो बुझ्न सकिएको छैन ।