काठमाडौं। बलिउडकी चर्चित गायिका अलका याग्निकले सयौं सुपरहिट गीत गाएकी छिन् । ९० को दशकमा बलिउडको पाश्र्व गायनमा राज गरेकी गायिका अलकाको गायनमा नेपाली मूलका गायक उदीतनारायण झासँग निकै राम्रो जोडी जमेको थियो ।

९० को दशकमा बलिउडका अधिकांश फिल्मका गीतहरुमा यी दुईको स्वर हुन्थ्यो । आज शनिबार अलका आफ्नो ५५ औं जन्मदिन मनाउँदैछिन् ।अलकाले १४ वर्षको उमेरदेखि संगीत उद्योगमा आफ्नो करिअर सुरुवात गरेकी थिइन् । उनले २ हजारभन्दा धेरै गीतहरु रेकर्ड गरेकी छिन् ।

उनले १६ भाषामा गीत गाएकी छिन् । अलका आफ्नो व्यवसायिक जीवनमा निकै सफल रहिन् तर उनले आफ्नो यो सफलताको लागि धेरै त्याग गरेकी छिन्। अलकाले १९८९ मा शिलोंगका व्यवसायी निरज कपूरसँग बिहे गरेकी थिइन् । तर, बिहेपछि २७ वर्षसम्म यी दुई एक अर्काबाट अलग रहे ।निरजको व्यवसाय शिलोंगमा थियो ।

अलकाको काम भने सपनाको सहर मुम्बइमा थियो । यही कारण यी दुईको लागि एक अर्कासँग छुट्टिएर बस्नु बा’ध्यता बन्यो । एक अर्कासँग छु’ट्टिएर बस्दा उनीहरुको जीवनमा धेरै चुनौती आए तर यी सबैका यीचमा यी दुईको सम्बन्ध भने सुन्दर तरिकाले अगाडि बढिरह्यो । निरज बेलाबेला मुम्बइ त आउँथे तर विवाहपछिको अधिकांश समय अलकाले सिंगल मदरको रुपमा बिताइन् र आफ्नै बलमा सन्तान हुर्काइन् ।

अलकाले एक अन्तरवार्तामा भनेकी थिइन् ‘निरजले मुम्बइमा व्यवसाय सुरु गर्ने कोसिस गरेका थिए तर उनी सानो सहरबाट थिए र मुम्बइमा आफूलाई स्थापित गर्न सकेनन् । यहाँ व्यवसाय सुरु गरेपछि उनको धेरै पैसा डुबेको थियो । त्यसैले मैले नै उनलाई शिलोंगमा नै आफ्नो व्यवसाय गर्न भनेकी थिएँ ।’ त्यसपछि निरजले शिलोंगमै आफ्नो व्यवसाय जारी राखे र दुवै व्यवसायिक रुपमा सफल रहे ।