काठमाडौँ, जातीय छुवाछूत र विभेद विरुद्ध पछिल्लो समय प्रगतिशील बिचारका गैर दलित पण्डित , युवाहरूले कुनै कुनै समाजमा सकारात्मक सन्देश जानी खालको कामको सुरुवात गरेका छन् । हुन त पछिल्लो समय दलित समुदाय माथि जातीय विभेद र हत्याका घटनाले दलितहरू आन्दोलित र आक्रोशित छन् गैर दलित भित्र पनि जातीय छुवाछूत जस्तो जघन्य अपराधलाई हटाउन केही गैर दलितहरू लाग्दै गर्दा उनीहरूलाई दलितहरूले नै सिङ्गो मोर्चामा सँगै लिएर र साथ लिएको जस्तो देखिँदैन ।

तर पछिल्लो गैर दलित केही युवाहरू खुलेर नै जातीय विभेद गलत हो भनी समाजमा सकारात्मक सोच र परिवर्तनको लागि परेको केही उदाहरण देख्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् दाङका विष्णु देवकोटा । आफू ब्रामण परिवारमा जन्म लिए पनि जातीय छुवाछूत र उच निचको भावना र जात नमान्ने देवकोटाले जात व्यवस्थामा आधारित छुवाछुत तथा गैह्र मानवीय व्यवहार विरुद्धमा दाङमा विद्रोह नै सुरु गरेका छन् ।

जात व्यवस्थामा आधारित वर्ण व्यवस्थामा कथित सर्वोच्च जाति मानिएको उपाध्याय ब्राह्मणले जात व्यवस्थामा निम्न टोकिएको मानिएको कथित अछुत कामी समुदायको छोरी लाई भाइटिका लगाई जातीय विभेद रहित समतामूलक समाज निर्माणका लागि सांस्कृतिक विद्रोहको सुरुवात नै भएको हो । विगत लामो समय देख सञ्चार क्षेत्रमा क्रियाशील घोराही उपमहानगरपालिका वडा नं १० निवासी बा्राम्हण समुदायका युवा विष्णुकुमार देवकोटा शर्मा उपाध्यायले घोराही उपमहानगरपालिका वडा नं १३ बस्ने कामी समुदायकी प्रीति स्वर्णकार लाई विगत ५ वर्ष देखि भाइ टिका लगाउँदै आउनुभएको देवकोटाले सामाजिक सञ्जाल मार्फत खुलासा गरेका छन् । यस वर्ष पनि विश्वकर्मा बैनीसँग भाइटिका लगाएको तस्बिर सार्वजनिक गर्दै

उनले लेखेका छन्ः

कथित दलित समुदाय कामीको छोरी संग मैले भाइ टिका लगाएँ । (हाम्रो घरको समस्या हो, हामी मिलाउँछौ । (ऊँकार परीवार भित्रकै हाम्रै सहोदर सगोत्री मेरो प्रिय बहिनी प्रीति स्वर्णकारको हात बाट करिब ५ वर्ष देखि निरन्तर भाइ टिका लगाई रहेको छु । म यसमा खुसी छु हाम्रो पारिवारिक सम्बन्ध छ । घरमा आव जात समेत रहेको जानकारी गराउँदा छु । परिवर्तनको संवाहक बनौँ, परिवर्तनलाई आत्मा सात गरौँ, छुवाछुतरहित समाजको निर्माण गरौँ । (प्रचार गरेको होइन, प्रसार गरेको हो)