काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको ‘ग’रुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ ।लन्च प्याड, हावाको ब’हाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए ।

‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रि’क्सन भयो,’ तामाङले भने, ‘मोटरमा फ्युल ब’र्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फ’र्कियो । ‘इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए ।

१० मिटर उचाइको गरुडामा ‘पोटासियम ना’इट्रेट र सु’गर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सो’लिड प्रो’पलेन्ट फ्यु’ल प्रयोग भएको छ । अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । ‘हामीले ह’रेस खाएका छैनौं र ह’रेश खाएर पनि हुँदैन,’ उनले भने,’ अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई स’माधान गरेर लन्च गर्नेछौं । ‘

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रो’जेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इ’नोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

धनुषाको भिमानबाट ‘गरुडा’ प्रक्षेपण गरिँदै-ए’क्सपेरिमेन्टल सा’उन्डिङ रकेट ए’सोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पे’सपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि ग’रुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।

यसैबीच, नि’यर ए’रो स्पे’स नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षेपण असफल भएको छ ।नेपाल स्पे’स ड्रि’म परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा ए’म्याचुअर रकेट प्र’क्षेपण पनि अ’सफल भएको हो ।यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर ख’सेको भएको निर्माणकर्ता शिशिर जिसीले जानकारी दिए ।

आरम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल ख’सेको थियो । एप्रिल १६मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण ।यस्तै, भिमान मै परीक्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्‍ने भनिएको ‘गौ’थली’ नाम गरेको औ’षधि बोक्ने ड्रो’नको परीक्षण उडान पनि असफल भएको छ ।

उक्त ड्रोन एक किलोमिटर माथि पुगेर ख’सेको जिसीले जानकारी दिए । प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट्‌वाल,राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्या’रेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए ।