मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घरायसी तथा दाम्पत्य जीवनका लागि दिन निकै शुभ छ। जीवनसाथीसँग समय बित्न सक्छ र प्रेमको सुखद अनुभव प्राप्त गर्न सक्नुहुन्छ । आर्थिक लाभ होला। विचारमा हिंसा र अधिकारको भावना बढ्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईको दिन शुभफलदायी रहला। तपाईको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहला। दिन हर्षोल्लासमा बित्नेछ । सबै कार्य योजना अनुसार सम्पन्न होला। धन सम्बन्धि लाभ होला। बिरामीको स्वास्थ्यमा सुधार होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तन र मनबाट अस्वस्थ महसुस होला। नयाँ कामको थालनी गर्ने योजना बन्नेछ। सन्तानको काममा खर्च गर्नुपर्नेछ । जीवनसाथीको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। विद्यार्थीका लागि धेरै राम्रो दिन छ। तपाईमा अधिक कामुकता रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको दिन अशुभ रहला। तपाईमा आनन्द र ऊर्जाको कमी रहनेछ। मन चिन्तित र अशान्त रहनेछ। घरमा झगडाको वातावरण रहनेछ। प्रियजनसँग मनमुटाव हुने सम्भावना छ । पैसा खर्च हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईको दिन शुभफलदायी रहला। तपाईं कुनै सुन्दर ठाउँमा पैदल यात्रा जान सक्नुहुन्छ। आफन्त तथा मित्रसँग भेटघाट हुनेछ । कामको सफलताले मित्र खुसी हुनेछन्। कला क्षेत्रमा विशेष रुचि रहनेछ। मानसिक रुपमा स्वस्थ रहनुहुन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफ्नो बोलीले कसैको मन जित्न सकिन्छ । परिवारमा खुशीको वातावरण रहनेछ। परिवारको सदस्यसँग खुसीसाथ समय बित्नेछ। आर्थिक लाभ होला । स्वास्थ्य राम्रो रहला। वाद-विवाद बाट बच्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईको रचनात्मक र कलात्मक शक्ति निख्रिनेछ। शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । रचनात्मक काम गर्न सकिनेछ । विचारको दृढताले काम राम्ररी सम्पन्न गर्न सकिनेछ। आर्थिक विषयमा व्यवस्थित योजना बनाउन सकिन्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दुर्घटनाबाट बच्नुहोला। शल्यक्रिया सकेसम्म नगर्नुहोला। शारीरिक पीडा र मानसिक चिन्ताले सताउनुहुनेछ। आनन्दमा दिने बित्नेछ। प्रियजनसँग मनमुटाव हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईका लागि दिन लाभदायक छ। घरायसी जीवनको पूर्ण आनन्द उठाउन सकिनेछ। साथीभाइसँग रमणीय स्थानमा बसाइको आयोजना हुनेछ । आम्दानी वृद्धि हुने योग छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार सम्बन्धी काममा लाभ मिल्नेछ। सरकार तथा आफन्तबाट लाभ मिल्नेछ । भेटघाट – उपहार प्राप्त गर्दा आनन्द अनुभव हुनेछ। व्यवसायिक काममा भागदौड बढ्नेछ। सन्तानको शिक्षामा सन्तुष्टि महसुस हुनेछ । प्रतिष्ठा बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईको लागि दिन मिश्र फलदायी छ। तपाईं शारीरिक रूपमा अस्वस्थ महसुस गर्नुहुनेछ। शरीरमा ऊर्जा कम हुँदा काम गर्ने जोश कम हुनेछ । उच्च अधिकारीको असन्तुष्टिले स्तब्ध रहनुहुन्छ। यात्राको सम्भावना छ। विदेशबाट समाचार मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईको दिन भगवानको भक्ति र आध्यात्मिक प्रवृत्तिमा बित्नेछ। तपाईले केहि प्रतिकूलताको सामना गर्नुपर्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। बिरामी हुँदा खर्च बढ्नेछ। पारिवारिक सदस्यसँग धैर्यता राख्नुहोला। आकस्मिक खर्च होला।