काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आज मंगलबारको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाले पहाडी भूभागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका १र२ स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाएको छ ।

मंगलबार राति समेत दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान गरिएको छ । महाशाखाले जारी गरेको सूचनाअनुसार राति पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका १र२ स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।