काठमाडौं। पपस्टार रिहानाले निकै महंगो मूल्यमा भव्य महल किनेकी छिन् । उनले १३.८ मिलियन डलर अर्थात १ अर्ब ६० करोड रुपैयाँमा यो भव्य हवेली किनेकी हुन् । रिहानाको यो हलेवी अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । बेवर्ली हिल्समा कैयौं बलिउड स्टारहरुको घर छ । यसलाई अमेरिकाका सबैभन्दा हाइप्रोफाइल क्षेत्रमध्ये एक मानिन्छ ।

१९३० को दशकमा बनेको यो भव्य हवेली २१ हजार ९५८ वर्गफुटमा फैलिएको छ । पाँच बेडरुमसहितको यो हवेलीमा सात वाशरुम छन् । यो हवेलीमा आधुनिक समयका साथै परम्परागत सामानहरु पनि छन् । यसमा ओपल एयर सेन्ट्रल कोर्टयार्ड, पूल, स्पा र फायरपिट्सको सुविधा छ। रिहानाको घरको किचन पनि उत्कृष्ट छ । उनको किचनमा आधाुकि प्रविधि र उपकरणहरु छन् र यसको आकार पनि ठूलो छ ।

यो हवेलीलाई डेनियल स्टारले बेचेका हुन् । उनले यो हवेली २०१६ मा किनेका थिए । डेनियलले किनेपछि यो हवेलीमा धेरै परिवर्तन पनि गराएका थिए । यसअघि रिहाना आफ्नो लण्डनको हवेली सेलमा राख्दा पनि चर्चामा थिइन् ।

उनले यो हवेलीलाई आफूले किनेको मूल्य ४५ मिलियन डलरबाट घटेर ३८ मिलियन डलरमा सेलमा राखेकी थिइन् । बारबाडोसमा मध्यमवर्गीय परिवारमा जन्मिएकी रिहाना समाजसेवाका कारण पनि चर्चामा रहन्छिन् । उनले कोरोनाविरुद्ध लड्नको लागि ८ मिलियन डलर दान दिएकी थिइन् ।