काठमाडौं : आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा भूकम्प गएको हो।

केन्द्रका अनुसार गोरखा केन्द्रविन्दु भएको भूकम्प ४.३ रेक्टर स्केलको गएको हो।

यसअअघि पछिल्लोपटक १६ गते दुई वटा भूकम्पको धक्का महसुस भएका थिए। सिन्धुपाल्चोक केन्द्रविन्दु भएका ४.६ र ४.१ रेक्टर स्केलका भूकम्प महसुस गरिएका थिए।

भुईंचालोवा भूकम्प वा भैँचालो भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भुईंचालो भनिन्छ।

यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भुईंचालोलाई ठूला भुईंचालो र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भुईंचालोलाई मझौला भुईंचालो भनिन्छ।

त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईंचालोलाई साना भुईंचालो भनिन्छ। अधिकांश विध्वंशक भुईंचालोहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ।