कलाकार र सौन्दर्य एकअर्का संग नजिकबाट जोडिएको कुरा हो । कलाकार अझ भन्दा महिला कलाकारहरु आफ्नो सौन्दर्य र हेयर कपाललाई लिएर बढी सचेत हुन्छन । त्यसकारण उनीहरु बढी हेयर ड्रेसर सलुन र पार्लर धाउने गर्छन । साधारण मानिस जस्तो उनीहरुको दिनचरिया हुँदैन । नेपाली फिल्म क्षेत्रको कुरा गर्ने हो भने निरुता सिंह सधै सबैको सम्झनामा आईरहने एउटा नाम । नेपाली फिल्म क्षेत्रको लागि धेरै योगदान दिएकी नायिका । यहाँ सम्मकी उनले नखेलेको बिरलै फिल्म हुन्थ्यो । इमोसनल रोलमा बढी उनलाई हेर्न पाइन्थ्यो ।

तर फिल्म क्षेत्रले कोल्टे फेरे पछि उनि फिल्मबाट केहि हद सम्म टाढा भईन । अहिले उनि भारतको मुम्बईमा बसोबास गर्दै आईरहेकी छिन् । नेपाल आउने उनको छुट्टि मनाउने आए जस्तो हो । कुनै बिशेष काम या कुनै कार्यक्रम नभए सम्म उनि नेपाल आउने समय जुर्दैन । यसै बीच केहि दिन अगाडी काठमाडौँमा नेफ्टा अवार्डको आयोजना भएको थियो । यहि कार्यक्रमको निम्तो पाएर उनि नेपाल आउने समय जुर्यो । प्राय निकै कम समयलाई नेपाल आउने उनि यसपटक भने अलिक दिन बस्ने हिसाबले आएको निरुताले बताएकी छिन् ।

सौन्दर्य र आफ्नो कपाललाई लिएर सचेत रहेकी नायिका निरुता सिंह बिहिबार पुल्चोक, ललितपुरमा रहेको ‘द नेक्स्ट लेबल युनिसेक्स सलुन’ मा आएको देखियो । उनि संग कुराकानी गर्दा उनि आफ्नो कपालको लागि त्यहाँ आएको र आफुले निकै राम्रो सेवा सुविधा ‘द नेक्स्ट लेबल युनिसेक्स सलुन’ बाट प्राप्त गरेको बताईन । उनले त्यहाँका संचालक हेयर आर्टिस्ट सन्तोष निङलेखु (लिम्बु) को औधि तारिफ गरिन । सन्तोषको काम गर्ने फरक तरिका र व्यवहारले आफुलाई निकै प्रभावित पारेको निरुताको भनाई रहेको थियो ।

उनले करिब सलुनमा ५ घण्टा समय बिताएकी थिइन् । यता हेयर आर्टिस्ट सन्तोष निङलेखु (लिम्बु) को भनाई अनुसार निरुता सिंहको कपाल कलर गर्दा फरक तरिकाको प्रयोग भएको र कपालको फरकपनको अनुसार पनि केहि समय लागेको बताए । हेयर आर्टिस्ट सन्तोष निङलेखु (लिम्बु) ले आफ्नो सलुनमा नायिका निरुता सिंह आउँदा आफुलाई निकै खुशी मिलेको र उहाले दिएको शुभकामनाले थप काम गर्ने उर्जा मिलेको समेत उनले बताए । आफु निकै पहिले देखि नै निरुता सिंहको ठुलो फ्यान रहेको समेत उनले खुलाए । उहाको कपालको केयर आफुले गर्न पाउँदा निकै खुशी मिल्यो – उनले भने ।