मरिसकेको मान्छे

पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना । वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घ’टनाहरुको नालीबेली ।

‘मरिसकेको मान्छे’ सन् २०१८ मा हेर्ने कथाका विद्या चापागाई र कमल कुमारले उज्यालो मल्टिमिडियाको सहकार्यमा निर्देशन गरेको वृत्तचित्र हो । यस वृत्तचित्र सोही वर्षको काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली विधामा उत्कृष्ट भएको थियो ।

हेर्ने कथाको ५१ औं अंकको रुपमा पहिलो पटक ‘मरिसकेको मान्छे’ सार्वजनिक गर्दैछौं ।